Logo

हिमालयको काठमाडौं-दमाम सिधा उडान, नेपालीलाई दशैमा घर आउन सहज

हिमालयको काठमाडौं-दमाम सिधा उडान, नेपालीलाई दशैमा घर आउन सहज


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एरअलाईन्सले दमाम, साउदी अरबमा दैनिक सिधा उडान गर्ने भएको छ । एयरलाइन्सले भदौ १६ गतेदेखि दशैं तिहारको विशेष उपहारको रुपमा दमाममा उडान भर्ने घोषणा गरेको हो ।

नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । करिब ५ लाख रहने साउदी अरबमा हिमालय एअरलाईन्सले शुरु गरेको दैनिक सिधा उडानले दशैं तथा दिपावलीमा घर आउनेहरुलाई उपहार सरह हुने कम्पनीको दाबी छ ।

साउदी अरब र काठमाण्डौ बिच यात्रा गर्ने  नेपालीहरुलाई यात्राको सहजताका साथै समय र पैसा दुवैको वचत हुने समेत बताएको छ ।

दैनिक उडान संचालन गर्ने हिमालय एअरलाईन्सको विमान उडान नम्बर एच९५५९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँ बाट १०स्३० मा प्रस्थान गरी किङ्ग फाद अन्तराष्ट्रिय विमानस्थल दमाममा अर्कौ दिनको ००:५० (स्थानिय समय) मा अवतरण गर्नेछ ।

त्यसैगरी उडान नम्बर एच९५६० किङ्ग फाद अन्तराष्ट्रिय विमानस्थल दमाम बाट ०१:५०(स्थानिय समय) मा प्रस्थान गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौँमा ०९:१५ (स्थानिय समय) मा अवतरण हुनेछ ।
हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ साउदी अरव यात्रा गर्दा सामना गर्नुपरेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई प्रत्यक्ष उडानले समाधान गर्ने बताउँछन् ।

साथै यो दैनिक सिधा उडान यात्रुहरुको लागि महान चाँड वडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहेको उनले जानकारी दिए ।

आगामी दिनहरुमा नयाँ नयाँ सीधा गन्तव्यहरु थपिदै जाँदा, आना देशवासी हरुलाई सधैं छिटो, सहुलियत दरमा न्यानो स्वागतका साथै हवाई सुविधा दिन तत्पर रहेको समेत बताए ।

उक्त्त एअरलाईन्सले काठमाण्डौ(दमाम(काठमाण्डौको लागि शुरुवाती टिकटदर करबाहेक, रु. २३ हजार ८ सय एकतर्फी र ३८ हजार रुपैयाँ दुईतर्फी कायम गरेको छ । त्यसैगरी दमाम(काठमाण्डौ(दमामको शुरुवाती टिकटदर करबाहेक, एसएआर ८५० एकतर्फी र १,३६० ९दुईतर्फी० कायम गरेको छ । दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० केजी र इकोनोमी क्लासको लागि ३० केजी ब्यागेज लैजान पाउने छन् ।

हिमालय एअरलाईन्सले असफर ट्राभल एण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । उक्त ट्राभल एजेन्सीले हिमालय एअरलाईन्सको प्रतिनिधित्व गर्दे बजार विस्तार, रिजर्भेसन र टिकटसेवा आदि सम्पूर्ण कार्य गर्नेछ । नेपाल र चीनको सँयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्, एक निजी अन्तराष्ट्रिय वायुसेवा कम्पनीे हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL