Logo

एयरपोर्टमा बाँदरलाई हानेको ढुंगा निगमको नयाँ बसमा, सिसा फेरियो

एयरपोर्टमा बाँदरलाई हानेको ढुंगा निगमको नयाँ बसमा, सिसा फेरियो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल भित्र्याएको छोटो समयमै नेपाल वायु सेवा निगमको बसको सिसा फेरिएको छ । बाँदरलाई हानेको ढुंगाले  बसको सिसा फुटेपछी फेर्न परेको हो । त्रिभुवन विमानस्थलमा बाँदर धपाउने क्रममा पार्किङमा राखिएको बसमा ढुंगा लागेको थियो ।

सिसा फुटेपछी निगमले हाल नेपालमै सिसा परिवर्तन गरेको प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार निगमले साँढे पाँच करोड रुपैयाँमा जर्मनमा निर्मित सो बस खरिद गरेको हो ।

नेपालकै एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा बाँदर तथा स्याल धपाउन गुलेलीको प्रयोग हुँदै आएको छ । त्यहाँ बाँदर, चरा र स्याल धपाउनकै लागि भनेर पाँच जना सिकारी समेत राखिएको छ ।

उनीहरु गुलेली,भरुवा बन्दुक,टर्च लाइट लिएर बिहान ६ बजेदेखि राती १२ बजेसम्म तैनाथ हुन्छन् । विमानस्थल आसपासमा घाँसे मैदान तथा जंगल हुँदा किरा फट्यांग्रा खान चरा आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL