Logo

तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं उडान शुरु, स्थानीय एजेन्टमा हिमालय एअरलाईन्स

तिब्बत एअरलाईन्सको चेङदु काठमाण्डौं उडान शुरु, स्थानीय एजेन्टमा हिमालय एअरलाईन्स


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । तिब्बतको ल्हासा स्थित तिब्बत एअरलाईन्सले चेङदु ( काठमाण्डौंको लागि सिधा उडान शुरु गरेको छ । एअरलाइन्सले यही साउन २४ गतेदेखि चेङदु ( काठमाण्डौं नियमित उडान संचालन गरेको हो ।

एअरलाईन्सको प्रारम्भिक उडान टीभी ९८९९ चेङदु सुनाग्लीउ अन्तराष्ट्रिय विमानस्थल बाट स्थानीय समय अनुसार साँझ १८ बजेर १६ मिनेटमा प्रस्थान गरी काठमाण्डौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझ १९ बजेर १५ मा अवतरण गर्न भएको छ । यसैगरी फर्कने उडान टीभी ९९०० काठमाण्डौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार साँझ १९ बजेर २५ मिनेटमा प्रस्थानगरि चेङदुको विमानस्थलमा अर्को दिन बिहान १२ बजेर ५० मा अवतरण हुने छ ।

शुरुमा साताका चार दिन, प्रत्येक सोमबार, मंगलबार, बिहिबार र शानिबार उडान गर्नेछ । तिब्बत एअरलाईन्सले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै ८ वटा विजनेश क्लास र १ सय २० वटा इकोनोमी क्लास, जम्मा १ सय २८ सिट भएको एअरबस ए(३१९ विमानबाट सेवा प्रदान गर्नेछ ।

तिब्बत एअरलाईन्सले नेपालमा यात्रुहरुको सिट आरक्षण गर्न र टिकट बेच्न तथा कार्गो ढुवानी गर्नको लागी हिमालय एअरलाईन्सलाई आफ्नो आधिकारिक बिक्रेता नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL