Logo

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ शुरु

नेपाल एयरलाइन्सको अनलाइन टिकट बुकिङ शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आइतबारदेखि अनलाइन टिकट बुकिङ शुरु गरेको छ । आजदेखि अनलाईन टिकट शुरु भएसँगै विश्वका सबै ठाउँबाट नेपाल वायु सेवा निगमको टिकट बुकिङ गर्न सकिने निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए ।

शुरुमा आंशिक रुपमा अनलाइन टिकट बिक्री गर्न लागिएको उनले जानकारी दिए ।  टिकट बुकिङका लागि निगमको वेव साइट खोल्नुपर्ने छ ।
संसारको जुनसुकै कुनाबाट पनि क्रेडिट कार्डबाट भुक्तानी गर्न मिल्ने र अनलाईनबाटै टिकट बुकिङ गर्न मिल्ने भएकोले टिकट खरिद विक्रीमा पारदर्शिता हुने उनको विश्वास छ ।

केही दिनका लागि ग्लोबल बैंकमा खाता भएका नेपालीले मात्र यो सुबिधा उपयोग गर्न सक्नेछन् । त्यस्तै विदेशीले आफ्नो कार्डमार्फत टिकटको पैसा तिर्न सक्नेछन् ।

१० दिनपछी अन्य बैंकमा खाता भएका नेपालीहरुका लागि पनि यो सुविधा उपलब्ध गराउने श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अनलाइन बुकिङ शुरु गरेसँगै निगमको विमानको टिकट लिन कार्यलयसम्म पुग्नुपर्ने बाध्यता हट्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL