Logo

कतार एयरवेजलाई विश्वकै सर्वोत्कृष्ट एयरलाइनको उपाधि’ खुशीयाली मनाउन छुटको घोषणा

कतार एयरवेजलाई विश्वकै सर्वोत्कृष्ट एयरलाइनको उपाधि’ खुशीयाली मनाउन छुटको घोषणा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । कतार एयरवेजले स् ‘वल्र्ड्स बेष्ट एयरलाइन’ उपाधी हात पारेको छ । कम्पनीले काइट्र्याक्स मार्फत प्रदान गरिएको ‘विश्वकै सर्वोत्कृष्ट एयरलाइन’को उपाधी जितेको हो ।

सोहि अबसरमा कतार एयरवेजले ४० प्रतिशतसम्मको फेयर डिस्काउण्ट योजना सार्वजनिक गरेको छ । मेहेनत र आफ्ना यात्रुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गरे बापत प्राप्त सो सफलता पाएको बताएको छ ।

सो खुशीयाली आफ्ना उपभोक्तासँग साट्न कम्पनीले आफ्नो उत्कृष्ट होलिडे डेष्टिनेशन (छुट्टी गन्तब्य)को यात्रा गर्दा ४० प्रतिशत सम्मको छुट उपलब्ध गराएको छ ।

यसै हप्ता सञ्चालनमा ल्याइएको कम्पनीको वैश्विक विक्रि अभियान ‘फ्लाइ विथ दि वल्र्डस् बेष्ट एयरलाइन’कै भागका रुपमा पनि छुट योजना लागु गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL