Logo

शुक्रबार त्रिभुवन विमानस्थल आधा घन्टा बन्द , संकटकालिन योजना सम्बन्धी अभ्यास गरिने

शुक्रबार त्रिभुवन विमानस्थल आधा घन्टा बन्द , संकटकालिन योजना सम्बन्धी अभ्यास गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । विमानस्थल भोलि अपरान्ह साढे ४ बजेदेखि ५सम्म बन्द गरिने भएको हो । विमानस्थल संकटकालिन योजना सम्बन्धी पूर्णकालिन अभ्यासका लागि विमानस्थल बन्द गर्न  लागेको हो ।

यसरी अभ्यास गर्दा विमानस्थलमा आधा घन्टा उडान प्रभावित हुने भएका छन् । ‘फूल स्केल इमर्जेन्सी एक्सरसाइज गर्दा विमानस्थ्ल वरिपरिको आकाशमा धुवाँको मुस्लो देख्न सकिने प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलहरुले यस खालको अभ्यास गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL