Logo

कतार एयरलाइन्सलाई चौथो पटक विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधी

कतार एयरलाइन्सलाई चौथो पटक विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरलाइन्सले चौथो पटक विश्वकै उत्कृष्ट एयरलाइन्सको उपाधि पाएको छ । फ्रान्सको पेरिसमा आयोजित एयर शोका क्रममा स्काइट्रयाक्स वल्र्ड एयरलाइन अवार्डमा कतारले ‘एयरलाइन अफ दी इयर’को उपाधि पाएको हो ।

विश्वभरका यात्रीको भोटका आधारमा एयरलाइन्सले उक्त उपाधी पाएको जनाएको छ । त्यस्तै एयरलाइन्सले बेष्ट एयरलाइन इन द मिडल इष्ट, वल्र्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज लगायतका उपाधि पनि हात पारेको छ ।

कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टले यस बर्षपनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधी पनि प्राप्त गरेको छ । विश्वका अन्य ४ विमानस्थललाई मात्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL