Logo

जहाज खरिदका लागि निगमलाई लगानी कोषले १२ अर्ब दिने, दुई संस्थाबीच सम्झौता

जहाज खरिदका लागि निगमलाई लगानी कोषले १२ अर्ब दिने, दुई संस्थाबीच सम्झौता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोष र नेपाल बायु सेवा निगमबीच ऋण सम्झौता भएको छ । निगमले ल्याउन लागेको वाईडबढी एयरबस ए ३३०–२०० जहाज खरिदका लागि कोषले १२ अर्ब रुपैयाँ ऋण प्रदान गरेको हो । सो सम्झौता कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र निगमका महाप्रवन्धक सुगतरत्न कसांकारले हस्ताक्षर गरेका हुन् ।

कोषले नेपाल सरकारको जमानतमा निगमलाई जहाज खरिदको लागि क्रण दिन लागेको हो । सो ऋणको ब्याजदर ९ प्रतिशत रहेको छ । त्यसैगरी जहाज खरिदको लागि प्रदान गर्ने रकमको ब्याजदर पहिलो ब्यवसायिक उडान नभएसम्मको लागि परिवर्तन नहुने ब्यवस्था गरिएको छ । उक्त जहाज खरिदको लागि कोषले उपलब्ध गराएको क्रणको भुक्तानी अवधि १५ बर्षको राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL