Logo

पर्यटन विभाग भन्छ, ‘हिलारी स्टेपमा क्षती पुगेको छैन ’

पर्यटन विभाग भन्छ, ‘हिलारी स्टेपमा क्षती पुगेको छैन ’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सगरमाथाको हिलारी स्टेपमा कुनै प्रकारको क्षति नपुगेको पर्यटन विभागले जानकारी दिएको छ । विभागले आइसफल डक्टरको सहयोगमा हिलारी स्टेपको अवस्था बारे जानकारी लिएको र त्यसमा कुनै क्षति नभएको विभाग अन्तर्गतको पर्वतारोहण शाखाले जानकारी दिएको हो ।

आइसफल डक्टरका अनुसार हिलारी स्टेप अहिले पनि ठिक रहेको तथा हिउँले छोपिएको अवस्थमा छन् । विभिन्न सञ्चारमाध्यमहरुले सगरमाथाको उत्तरी शिविरमा ४ जना आरोही मृत फोला परेको समाचार प्रकाशन गरेका थिए । सो समाचार प्रकाशन भएपश्चात नेपाल माउन्टेनेरिङ एशोसिएशनले सोबारे अनुशन्धान गर्दा सो क्षेत्रमा मृत शरिर नभेटिएको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL