Logo

यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी, दिगो विकास लक्ष्य हासिलको लक्ष्य

यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी, दिगो विकास लक्ष्य हासिलको लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन ।

सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्यसम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन गर्ने छ । त्यस्तै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन । सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्युनीकरण र लैङ्गिक समनतालगायत क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेल को खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।

नेपाललगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापीलक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँकार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेका छ ।

ललितपुरको पुल्चोक स्थित युएनहाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए ।

नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको युनडीपी नेपालका निर्देशक रेनो मेयरले बताए । साथै यसले नेपालको विकासमानिजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको जानकारी दिए । ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्म्ेवारी हो’ उनले भने ‘ यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबैतहका कार्यक्रमको योजना,कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यीलक्ष्य प्राप्तिमा निर्भर रहन्छ ।’
उडान मात्र नगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा पनि सक्दो सहयोग गर्नु नियमितअभ्यास र पहल कदमी भएको एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले बताए ।
साथै जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापीलक्ष्य हासिल गर्नका लागि राष्ट्रसंघका सँग सहकार्य गर्न पाँउदा खुसी व्यक्त गरे ।

साथै यस अवसरमा हामी अन्य निजी क्षेत्रलाई समेत राष्ट्रसंघ र नेपाल सरकारसँग हातेमालो गर्दै विश्वव्यापीलक्ष्य हाँसिलमा सघाउन आह्वान एवम् प्रोत्साहन गर्ने जानकारी दिएको छ ।

एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्वव्यापी दस्तावेज हो ।

प्रतिक्रिया दिनुहोस्
MBL