Logo

६७९जनाले लिए हिमाल आरोहण अनुमती,सगरमाथाको मात्रै ३६५ परमिट

६७९जनाले लिए हिमाल आरोहण अनुमती,सगरमाथाको मात्रै ३६५ परमिट


रक्षा रेग्मी
0
Shares

काठमाडौं । यस बर्ष बसन्त ऋतुको मध्यावधिमै हिमाल आरोहणका लागि ६ सय ७९ जनाले अनुमति लिएका छन् । पर्यटन विभागले मार्च १ देखि परमिट खुल्ला गरेकोमा मंगलवारसम्म ६ जय ७९ जनाले अनुमति (परमिट) लिएका हुन् ।

मंगलवारसम्म ८२ ओटा मिटले परमिट लिएको विभागका सूचना अधिकृत दुर्गादत्त ढकालले जानकारी दिए । गत बर्ष यस सिजनमा ७ सय ४५ जनाले अनुमति लिएका थिए । सो अवधिमा ९८ टिमले परमिट लिएका हुन् ।

त्यसमा पनि सवैभन्दा बढी सगमाथा आरोहणका लागि परमिट लिएका छन् । ढकालका अनुसार सगरमाथा आरोहणका लागि यस सिजनमा ३ सय ६५ जनाले अनुमति लिएका छन् । गत बर्ष बसन्त ऋतुमा २ सय ८९ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । त्यस्तै धौलागिरी हिमाल आरोहणका लागी ४० जनाले अनुमति लिएको उनले जानकारी दिए । हालअनुमती लिनेमध्ये १५ प्रतिशतले अघिल्लो बर्ष रोयल्टी तिरिसकेका छन् । अहिले साहसिक पर्यटकहरुले २१ ओटा हिमालका लागि अनुमती लिएका छन् ।

२०१४ र २०१५ मा अनुमति लिएर हिमाल चढ्न नपाएकाले २ बर्षसम्म त्यही अनुमतीमा चढ्न सक्ने निणर्य सरकारले गरेको थियो । त्यसबेला परमिट लिएर हिमाल नचढ्ने धेरै भएकोले पनि यस बर्ष आरोहिको संख्या बढ्ने उनको अनुमान छ । ‘त्यस्तै भुकम्पले भत्काएको अधिकांश रुट पनि निर्माण भइसकेकोले यस बर्ष आरोहि बढेको छ’ उनले भने ।

२०१४ एभरेस्ट हिमपहिरोले गर्दा अनुमति लिएर पनि धेरैले हिमाल आरोहण गर्न पाएका थिएनन् । २०१४ मा ३ सय ५६ जनाले अनुमती लिएका थिए । त्यस्तै २०१५ मा भुकम्पले गर्दा हिमाल आरोही घटेका थिए । सो बर्ष ३ सय ५६ जनाले अनुमति लिएका थिए ।

नेपालमा विशेष गरी युरोप अमेरिका,अष्ट्रेलियाका पर्यटक हिमाल आरोहणका लागि आउने गरेका छन् । त्यसमा पनि अधिकांश पर्यटकले सगरमाथाका लागि अनुमती लिन्छन् । विभागले सगरमाथा आरोहणका लागि प्रतिव्यक्ति ११ हजार डलर राजस्व लिने गरेको छ । अन्य हिमालका लागि भने फरक फरक शुल्क रहेको उनले बताए । त्यस्तै आरोहणपूर्व फोहोरमैला शुल्क भन्दै ४ हजार शुल्क लिन्छ । जुन सफल आरोहणपछि पर्यटकले फिर्ता लिन सक्छन् । एकजना पर्वतारोहिले करिव ५० हजार रुपैयाँ खर्च गर्ने अनुमान विभागको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL