Logo

खुम्बु क्षेत्रमा नयाँ होटल बन्दै, आइएफसीको ४७ करोड लगानी

खुम्बु क्षेत्रमा नयाँ होटल बन्दै, आइएफसीको ४७ करोड लगानी


बिजखबर संवाददाता
0
Shares

एजेन्सी । सगरमाथा क्षेत्रमा अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) ले होटलमा लगानी गर्ने भएको छ । आइएफसिले हिमालन चेन रिसोटले गोक्यो ताल र एभरेष्ट आधार शिविरको मार्गमा निर्माणाधिन होटलमा ४७करोड लगानी गर्ने भएको हो ।

निर्मार्णाधीन होटलमा आइएफसिले दीर्घकालीन ऋण लगानी गरेको हो । आयोजनाको लागि आवश्यक बाँकी २५ करोड रुपैयाँ लगानी एस्ट्रिक समूहका सेयर लगानीकर्ताहरुले गर्ने भएका हुन् ।

हाल ३ ओटा चेन लज सञ्चालन गरिरहेको रिसोटले सो सहयोगबाट १० ओटा बन्ने भएको छ । हिमालयन चेन रिसोटको हाल ३ ओटा लज सञ्चालनमा छन् । त्यसैगरी नाम्चे,डोल, गोक्योलगायत ८ स्थानमा जग्गा छन् । यी जग्गामा नयाँ लज बनाउन लागिएको हो ।

हिमालयन चेन रिसोर्टले फाकडिङ, डिङबोचे, गोक्यो, डोले, मर्छेमो, नाम्चे, खुमजुङ लेबुचे गरि ८ क्षेत्रमा होटल बनाउन लागेको हो । एस्ट्रिक आङ छिरिङ शेर्पाको निजी कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL