Logo

हिमालय एअरले ल्यायो तेस्रो विमान, अप्रिलबाटै उडान भर्ने

हिमालय एअरले ल्यायो तेस्रो विमान, अप्रिलबाटै उडान भर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो तेस्रा विमान भित्र्याएको छ । नेपाल–चीन सयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाईन्सले आफनो तेस्रो नयाँ विमान ए–३२० विमान ल्याएको हो
कम्पनीले जर्मनीको हैम्बर्गबाट उडान गरी नेपाल ल्याएको हो । उक्त विमानलाई विमानस्थलमा अवतरण भएसँगै तोपद्धारा सलामी दिएर भव्य स्वागत गरिएको थियो ।

आज ल्याएको तेस्रो विमानले २०१७ अप्रिलबाट सेवा शुरु गर्नेछ । सो विमानले साउदीको दमाम, दुवई, हङकङ, दिल्ली, चेन्नाई, बैंङ्कक, बेइजिङजस्ता नयाँ क्षेत्रहरुमा उडान भर्ने कम्पनीले जानकारी दिएको छ ।

यस अघि हिमालय एअरले दुई ओटा जहाजबाट उडान भर्दै आएको छ । कम्पनीले आफ्नो व्यावसायिक उडान शुरु गरेको पहिलो वर्षमै ए–३२० सिरिजका तीन वटा जहाज भित्र्याएको हो ।

२०१७ मा हिमालय एअरलाईन्सको लागि उपलब्धि मूलक रहेको एअरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले बताए । ‘२०१७ मा एअरलाईन्सले दुई वटा नयाँ जहाज भित्राएर दुई वटै नयाँ गन्तव्य क्वालालम्पुर र याङ्गगुन उडान सुरुवात गरेको छ,’ उनले भने, ‘अब तेस्रो जहाजको आगमनसँगै हामीले उडड्यन क्षेत्रमा विश्वव्यापी सञ्जाल विस्तार गर्ने र नेपालको हवाई सम्पर्कलाई अन्तर्राष्ट्रिय जगतमा मजबूत तुल्याउने योजना बनाएका छौं।’

कुल १ सय ५८ सिट क्षमता रहेको सो विमान ए३२०–२१४ सिरिजको नयाँ जहाज हो । विमानमा सिट संंरचनाको हिसाबले दुई वर्गमा विभाजन गरिएको छ । जसमध्ये ८ वटा सिट विजनेस क्लासको लागि छुट्याइएको छ भने बाँकी १५० वटा सिट इकोनोमी क्लासको रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL