Logo

जहाजबाट तेल चुहिएको विषयमा छानविन समिति, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

जहाजबाट तेल चुहिएको विषयमा छानविन समिति, १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल एयरलाइन्सको विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गरेको हो ।

नागरिक उड्ययन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिमा सुमनकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।

समितिलाई एयरबसबाट तेल चुहिएकोबारे छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । त्यसैगरी कसलाई के कारबारही गर्ने तथा यस्ता घटना आगामी दिन हुन नदिने के गर्नुपर्छ भन्ने सिफारिस गर्न समेत निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL