Logo

बोइङ – ७५७ लिलामी अन्तिम चरणमा, न्यूनतम मूल्य १७ लाख डलर

बोइङ – ७५७ लिलामी अन्तिम चरणमा, न्यूनतम मूल्य १७ लाख डलर


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले बोइङ ७५७ बिक्रिको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

निगम सञ्चालक समितीले बोइङ बेच्न स्विकृती दिएसँगै बिक्रि प्रक्रिया अघि बढाइएको प्रवक्ता रविन्द्र श्रेष्ठले बताए । उनका अनुसार बोर्डले न्युनतम १७ लाख डलरमा बोइङ बेच्ने स्विकृती दिएको थियो । निगमले अर्को साता बोइङ बेच्ने जानकारी सहितको बोलपत्र आह्वान गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।

बोइङ धेरै पुरानो भएको र मर्मत खर्च पनि बढी लाग्ने भएको भन्दै निगमले बिक्रि गर्ने निर्णय गरेको हो ।

मर्मत गरेर उडाउँदा पनि २० देखि ३० प्रतिशतसम्म बढी तेल लाग्ने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंशाकारले बताए । ‘एक पटक उडान गरेपछि बिग्रने र जहाजले कमाउने भन्दा बनाउन बढी खर्च लाग्ने हुँदा विक्री गर्न लागेको हो’ उनले भने ।

अहिले बोइङ पार्किङमा राखिएकोले निगमले मासिक लाखौ रुपैयाँ पार्किङ शुल्क तिरिरहेको छ ।

बोइङ ७५७ करिव ३० बर्ष पुरानो भइसकेको छ । पुरानो भएकोले विक्री गर्दा त्यसको बडीको मात्र पैसा आउने बताए । त्यस्तै सन् २००४ पछि त्यो सिरिजको बोइङ जहाजको उत्पादन हुन छाडेकाले यसको पार्टसहरु सजिलै उपलब्ध नहुने श्रेष्ठले जानकारी दिए । निगमसँग दुई ओटा ७५७ बोइङ छ ।

बोइङ विक्रीको कुरा धेरै अघिदेखि उठाईदै आएपनि सञ्चालक समितिमा पदाधिकारी पुरा नभएकोले रोकिएको थियो । त्यस्तै वीचमा बाइड बढी खरिदको प्रक्रियाले गर्दा पनि यसमा ढिलाई भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । निगमले गत जेठमा यो जहाज लिलामी गर्ने निर्णय गरेको थियो ।

नेपाल वायु सेवा निगमले १ सय ९० सिटको सो बोइङ जहाज २६ वर्ष अघि किनेको हो । हाल नयाँ बोईङ किन्नु परेमा ५ अर्ब रुपैयाँ भन्दा बढी मूल्य पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL