Logo

प्राविधिक कारणले रोकियो नयाँ चिनीयाँ विमानको उडान, मंगलवारदेखि उडान गरिने

प्राविधिक कारणले रोकियो नयाँ चिनीयाँ विमानको उडान, मंगलवारदेखि उडान गरिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको चिनीयाँ विमानको आजदेखि उडान शुरु गर्ने भनिएकोमा विशेष कारण बस रोकिएको छ । प्राविधिक कारणले सोमवारदेखि उडान भर्न नसकिएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार एमए ६० र वाइ १२ को उडान मंगलवारदेखि गरिने भएको छ ।

श्रेष्ठका अनुसार एमए ६० मार्फत काठमाडौं –विराटनगर–काठमाडौं, काठमाडौं– धनगढी–काठमाडौं रुटमा नियमित उडान हुनेछ । त्यस्तै काठमाडौं –भद्रपुर – काठमाडौं रुटमा हप्ताभर आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमको तालिका छ । मंगलबार, विहीवार र शनिबार काठमाडौ –भैरहवा– काठमाडौं उडान गर्ने निगमको योजना छ । तालिका अनुसार ५६ सिट क्षमताको एमए६० ले महिनाभर १ सय ५ घण्टा उडान भर्ने छ ।

त्यसैगरी १८ सिट क्षमताको वाइ १२ विमान मार्फत काठमाडौं– पोखरा –काठमाडौं, काठमाडौं –नेपालगञ्ज – काठमाडौं दैनिक उडान गर्ने निगमले जनाएको छ । मंगलबार, बिहीवार र शनिबार काठमाडौं –सिमरा –काठमाडौं उडान हुनेछ । वाइ १२ ले मासिक १ सय १४ घण्टा हवाइ सेवा दिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL