Logo

आजदेखि नयाँ चिनीया जहाजबाट उडान सुरु, यस्तो छ ‘फ्लाइट सेड्युल’

आजदेखि नयाँ चिनीया जहाजबाट उडान सुरु, यस्तो छ ‘फ्लाइट सेड्युल’


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबारदेखि चिनीया विमान मार्फत उडान सुरु गर्ने भएको छ । निगमले हालै चीनसँग खरिद गरेको एमए ६० र वाइ १२ विमानको सोमबारदेखि औपचारीक उडानको तयारी सुरु गरेको सहायक प्रवक्ता शैलेस कंशाकारले जानकारी दिए ।

नयाँ जहाज मार्फत आन्तरिक तर्फका धेरै गन्तव्य समेट्ने प्रयास निगमको छ । आन्तरिक उडानमा निजी विमान कम्पनीसँग प्रतिस्पर्धा गर्न धेरै गन्तव्यमा नियमित उडान भर्ने लक्ष्य राखिएको कंसाकारले योजना सुनाए । ‘आन्तरिक तर्फ २० वटा विमानस्थलमा उडान गर्ने योजना बनाएका छौ ’ उनले भने ।

कंशाकारका अनुसार एमए ६० मार्फत काठमाडौं –विराटनगर–काठमाडौं, काठमाडौं– धनगढी–काठमाडौं रुटमा नियमित उडान हुनेछ । त्यस्तै काठमाडौं –भद्रपुर – काठमाडौं रुटमा हप्ताभर आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने निगमको तालिका छ । मंगलबार, विहीवार र शनिबार काठमाडौ –भैरहवा– काठमाडौं उडान गर्ने निगमको योजना छ । तालिका अनुसार ५६ सिट क्षमताको एमए६० ले महिनाभर १ सय ५ घण्टा उडान भर्ने छ ।

Nepal Airline Y12 Chinese Plane
Nepal Airline Y12 Chinese Plane

 

त्यसैगरी १८ सिट क्षमताको वाइ १२ विमान मार्फत काठमाडौं– पोखरा –काठमाडौं, काठमाडौं –नेपालगञ्ज – काठमाडौं दैनिक उडान गर्ने निगमले जनाएको छ । मंगलबार, बिहीवार र शनिबार काठमाडौं –सिमरा –काठमाडौं उडान हुनेछ । वाइ १२ ले मासिक १ सय १४ घण्टा हवाइ सेवा दिने छ ।

 

नेपाल र चीनबीच ०७० मंसिर १३ मा भएको दुईपक्षीय सम्झौताअनुसार यी दुई जहाज खरिद गरिएका हुन् । दुईपक्षवीच त्यसबेला ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ बराबरको ऋण तथा अनुदान सम्झौता भएको थियो । जसमध्ये २ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान हो । निगमले यसअघि गत वैशाख १२ गते एमए–६० र कात्तिक ११ गते जहाज वाई–१२ अनुदानमा ल्याएको थियो ।

हाल आन्तरिक तर्फ ७४ जना पाइलट रहेकोमा निगमलाई कुल १ सय २० जना पाइलटको आवश्यकता रहेको । त्यसमध्य पनि निगमले १६ जना सिनियर पाइलट ल्याउने तयारी अघि बढाइसकेको छ । दुई चिनियाँ जहाजमार्फ उडान भर्न शुरु गरेसँगै निगमको आन्तरिकतर्फ कुल ९ जहाज पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL