Logo

विकास समितिको प्रश्न किन रोकिएन टीआईएमा कुकुर र वादरको हुल, ५६ वटै विमान स्थल संचालन गर्न निर्देशन

विकास समितिको प्रश्न किन रोकिएन टीआईएमा कुकुर र वादरको हुल, ५६ वटै विमान स्थल संचालन गर्न निर्देशन


बिजखबर संवाददाता
27
Shares

काडमाडौं । व्यवस्थापिका संसदको विकास समितिले हाल अस्थित्वमा रहेका ५६ वटै आन्तरिक विमानस्थल संचालनमा ल्याउन निर्देशन दिएको छ । अन्तरराष्ट्रिय विमानस्थललाई सर्पोट गर्न आन्तरिक विमान स्थलको महत्वपूर्ण भुमिका हुने भन्दै सवै डोमेस्टिक विमानस्थल संचालनमा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्यन मनत्रालय र नागरिक उड्डयन प्रािधकरणलाई निर्देशन दिएको हो ।

समितिका सभापति रविन्द्र अधिकारीको अध्यक्षतामा वसेको बैंठकले आन्तरित विमानस्थल संचालनका साथै नेपाललाई कतिवटा आन्तरिक र बाह्य विमानस्थल चाहिने हो त्यस विषयमा समेत टुङ्गो लगाउन निर्देशन दिएको छ । यसैगरी विमानस्थलमा तत्काल ब्ल्याक टप बनाउने, मेघौली र भरतपुरमध्ये एउटा विमानस्थाल तत्काल संचालन गर्न तथा दिपायलमा निर्माणाधिन विमानस्थलको रनवे ६ सय मिटरको बनाउन समेत निर्देशन दिएको छ ।

देशको दीर्घकालिन आवश्यकताहरुलाई समेत ध्यान दिई हाल प्रस्तावित तथा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलहरुको कार्यलाई छिटो सम्पन्नगर्न, निजगढ अन्तरराष्ट्रिय विमानस्थल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माणकार्यलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सरकारलाई निर्देश गरेको छ । राष्ट्रिय गौरवको आयोजना भनिए पनि निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा हाल सम्म डीपीर बन्न नसकेको र एलएमडब्लूको काम समेत अस्पष्टता भएकाले त्यसमा पारदर्शीता ल्याउन निर्देशन दिएको छ । सो सम्बन्धमा यस अधि भएको सम्झौता तत्काल पुनरावलोकन गरी निर्माणको स्ष्पस्ट मोडल तयार गर्न निर्देशन दिएको छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यका लागि विद्युतको डेडिकेटेड फिडर लाइनको व्यवस्था गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । यसैगरी नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलकोे सुधार एवं व्यवस्थित गर्ने सम्बन्धमा समितिले यस अघि दिएको निर्देशनको पालना नभएको भन्दै विमान अवतरण गर्ने क्रममा कुकुरको हुल छिर्ने, वादरले दुःख दिने, चरा ठोक्किनेलगायतका समस्या जस्ताको त्यस्तै रहेको भन्दै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL