Logo

धनकुटाको हिलेमा खुल्यो होराइजन माउन्टेन रिसोर्ट, चिया बगानको आनन्ददेखि घोडचढीको मज्जासम्म

धनकुटाको हिलेमा खुल्यो होराइजन माउन्टेन रिसोर्ट, चिया बगानको आनन्ददेखि घोडचढीको मज्जासम्म


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा अत्याधुनिक सुविधासम्पन्न होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमवीच पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले होटलको समुद्घाटन गरे । व्यवसायी रेवतबहादुर थापाले करीब २० करोड रुपैयाँ लगानीमा रिसोर्टको निर्माण तथा सञ्चालन गरेका हुन् ।

करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा ३१ कोठाहरु र ६ वटा कटेज रहेका छन् । त्यस्तै एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल छ । रिसोर्टको भने आफ्नै मल्टिकुजिन रेष्टुराँ पनि रहेको छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा उपलब्ध छ । रिसोर्ट सञ्चालनमा आएसँगै ५० जनाले प्रत्यक्षरुपमा रोजगारी पाउने लगानीकर्ता थापाले जानकारी दिए ।

रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार तथा सम्मेलन गर्न मिल्ने सुविधा छ । ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले रिसोर्ट नजिकै पिक्निक स्पटको व्यवस्था गरिएको छ । आकर्षक चिया बगान पनि रहेको छ । रिसोर्टमा अर्गानिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्म समेत सञ्चालन गरेको छ । त्यसैगरी  होटललाई चाहिने वायो ग्यास र वायु ऊर्जा उत्पादन गरेको छ । होटल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एशियन स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरुलाई ईन्टर्नको पनि व्यवस्था गरेको थापाले जानकारी दिए ।

मनोरम मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन यहाँको मुख्य आकर्षण हो । रिसोर्टले आफ्ना पाहुनका लागि घोडचढी, साइक्लिङ र दृश्यावलोकनको पनि सेवा दिने बताएको छ ।

पाहूनाको अनुरोधमा काठमाडौं र विराटनगर विमानस्थलदेखि पिकअप र ड्रपको पनि ब्यवस्था गरेको छ । विराटनगरदेखि करीब २ घन्टाको ड्राइभिङ दुरीमा रहेको यो रिसोर्टले आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकका पाहुनाहरुलाई समेत सेवा दिने लक्ष्य लिएको छ । होटल सञ्चालन पश्चात भेडेटार, पाथिभरा आदि पर्यटकीय क्षेत्रको पवद्र्धन र विकासमा समेत टेवा पुग्ने विश्वास रिसोर्टले लिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL