Logo

थप २ गन्तव्यमा उडान भर्दै हिमालय, माघमा क्वालालम्पुर र फागुनदेखि याङगुन

थप २ गन्तव्यमा उडान भर्दै हिमालय, माघमा क्वालालम्पुर र फागुनदेखि याङगुन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले थप २ गन्तव्यहरुमा उडान भर्ने भएको छ । एअरलाइन्सले दोश्रो नयाँ एअरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँ गन्तब्यमा उडान भर्न लागेको हो ।

एअरलाइन्सले मलेशियाको क्वालालम्पुरमा माघ २८ देखि र फागुन १३ देखि म्यानमारको याङगुनमा उडान गर्न लागेको बताएको छ । नाइनएन एएलभी नेपाली रजिष्ट्रेशन नम्वर रहेको सो नयाँ एअरबसमा १ सय ५८ इकोनोमी क्लास सिट छ ।

एअरलाइन्स्ले आफ्नो कार्यकालको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । त्यस्तै २०१७ सालभित्र थप दुई विमान थप्ने योजना बनाएको छ । आफ्ना यात्रुहरुलाई आन्नददायि यात्राको अनुभव दिलाउन एअरलाइन्सले  नयाँ विमानमा आरामदायी सीटहरु, नविनतम भिडियोका साथै सँगीतद्धारा इन फ्लाइट इन्टरटेनमेन्ट दिने छ ।

योजनाका अनुसार  हप्ताको पाँच दिन क्वालालम्पुर, मलेशियार हप्ताको दुई दिन याङगुन,म्यानमार उडान सञ्चालनगर्ने छ । एअरलाइन्स्ले कार्निभल ट्राभल एसडिएन बिएचडी र माइ गोल्डन लायन एभिएशन प्रालीलाई क्रमशःमलेशिया र म्यानमारको लागि जेनरल सेल्स एजेन्ट छनौट गरेको छ । जेनरल सेल्स एजेन्टको रुपमा यीनीहरुले एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

एअरलाइन्सले काठमाडौ(क्वालालम्पूर(काठमाडौको लागि शुरुवाती टिकट दर रु. २५ हजार ३ सय ७५ राउण्ड ट्रिप र क्वालालम्पूर – काठमाडौ- क्वालालम्पूरको लागि एमआइआर ९ सय २८ कायम गरेको छ ।

त्यसैगरी काठमाण्डौ(याङगुन(काठमाण्डौको लागी रु.२९ हजार ६ सय र याङगुन(काठमाण्डौ(याङगुनको लागी ३ सय २० डलर कायम गरेको छ । दोहा र कोलोम्बोसँगै क्वालालम्पुर र याङगुन जोडिए पछि एअरलाइन्स्ले एसीयाली क्षेत्रहरुमाआफ्नो सञ्जाललाई विस्तार गर्नेछ ।

थप उडानबारे टिप्पणी गर्दै भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले एयरलाइन्सको दोश्रो नयाँ एअरबस ३२०–२१४ लाई स्वागत गर्न एकदमै उत्साहित भएको बताए । उनका अनुसार क्वालालम्पुरका लागि काठमाडौंबाट आइतबार, सोमबार,बुधवार,विहीवार र शुक्रवार राती ११ बजे काठमाडौंबाट हिडी विहान ६ बजे पुग्ने छ । त्यस्तै सोमबार, मंगलवार, बिहीवार,शुक्रवार र शनिवार क्वलालम्पुरबाट विहान ७ बजे उडान भरी ९ ४० मा काठमाडौं आइपुग्छ ।

काठमाडौंबाट सोमवार र शुक्रवार विहान १० ५५ बजे उडान भरी दिउँसो २ १५ मा याङगुन पुग्ने छ । त्यस्तै याङगुनबाट सोमवार र शुक्रवार उडेको विमान ५ बजे यहाँ आइपुग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL