Logo

टिआइएको निर्माणाधिन मल्टिस्टोरे पार्किङ डेढ महिनाभित्र सञ्चालनमा,स्पा र सपिङ सेन्टर पनि

टिआइएको निर्माणाधिन मल्टिस्टोरे पार्किङ डेढ महिनाभित्र सञ्चालनमा,स्पा र सपिङ सेन्टर पनि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माणाधिन मल्टीस्टोरे पार्किङ ढेड महिनाभित्र सञ्चालनमा आउने भएको छ । १ महिना अघिनै सञ्चालनमा आउने भनिएको सो पार्किङ प्राविधिक कारणले गर्दा सञ्चालनमा ढिलाई भएको थियो ।

विमानस्थलको अराइभलबाट पार्किङसम्म जाने बाटोको स्टक्चर नमिल्दा संचालनमा ढिलाई भएको विमानस्थलका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए । उनका अनुसार हाल सो रोडको रि डिजाइनिङ गरिएको छ । इन्जिनियरहरुको सहयोगमा ‘रोड कनेक्सन’ रि डिजाइन गरिएको छ । ‘विमानस्थल भवन अलि उचाइमा र निर्माणाधिन पार्किङ तल भएकोले कनेक्सन रोडमा समस्या देखिएको थियो,’ उनले भने, ‘ अहिले इन्जिनियरहरुले स्लोभ बनाएर डिजाइन गरेका छन् ।’

हाल पार्किङमा जान भर्याङहरु समेत निर्माण गरिएको छ । विल्डिङका भने सवै पूर्वाधार तयार भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

विमानस्थल भित्र छिर्ने गोल्डेन गेटको साइडको खाली ठाँउमा मल्टिस्टोरे पार्किङ बनाइएको छ । विमानस्थलको व्यवस्थापन गर्ने तथा अन्तरराष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले सुविधासम्पन्न कार पार्किङ निर्माण गरिएको ठाकुरले जानकारी दिए ।

उनका अनुसार विमानस्थलको अराइभलबाट सिधै कार पार्किङमा जान मिल्ने भएकोले अगाडी हुने भिडभाड कम गर्नुका साथै व्यवस्थित गर्न सकिन्छ ।
अराइभलवाट यात्रु सिधै कार पार्किङमा जान सक्नेछन् । सो पार्किङमा ५ सय ५० ओटा गाडी अट्छ । सो पार्किङ रसुवा केडी भेन्चरले निर्माण गरेको हो । विमानस्थलले कम्पनीसँग ३० बर्षका लागि लिजमा दिने सम्झौता गरेको थियो । सम्झौता अनुरुप ३० बर्षपछी कम्पनीले सो पार्किङ त्रिभुवन विमानस्थललाई फिर्ता गर्नेछ ।

तर कम्पनीले सो जग्गा प्रयोग गरेबापत मासिक भाडा र रोयलटी भने विमानस्थललाई बुझाउनुपर्ने छ । मल्टिस्टोरी पार्किङ दुई तलाको हुने छ । त्यस्तै पार्किङको वरिपरी रेष्टुरेन्ट पसल तथा स्पा हाउसहरु पनि स्थापना गरिने बताइएको छ । ती रेष्टुरेन्टहरुले दिने सेवा पनि अन्तरराष्ट्रिय स्तरको हुने महाप्रवन्धक उपाध्यायको दावी छ । त्यस्तै सो पार्किङमा सपिङ सेन्टर पनि स्थापना गरिने छ । जसले गर्दा विदेशबाट आएकाहरुले त्यहाँ किनमेल गरेर सिधै घर जान सक्छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL