Logo

हिमालय एअरलाइन्सले ल्यायो इयर इन्ड स्पेशल अफर, प्रतियात्री ३० किलोको सामान बोक्न पाउने

हिमालय एअरलाइन्सले ल्यायो इयर इन्ड स्पेशल अफर, प्रतियात्री ३० किलोको सामान बोक्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले क्रिसमस, नयाँवर्ष र जाडोको बिदालाई मध्यनजर गरेर कोलोम्बो,श्रीलंकाको लागि इयर इन्ड स्पेसल अफर ल्याएको छ ।

एअरलाइन्सले आकर्षक दोहोरो टिकट दर प्रति व्यक्ति रु. ३९ हजार ५ सयदेखि शुरु गरेर नेपाल र श्रीलंका वीच पर्यटन प्रवर्धन गर्न, व्यापार र लगानीको अवसर बढाउने आशा राखेको छ । सो टिकट दरमा एअरपोर्ट ट्याक्स, प्रशासनिक र ट्राभल एजेन्टको शुल्क भने लागु हुने छैन ।
नहुने बताइएको छ ।

यस विशेष अवसरमा रमाउनका लागि इच्छुक ग्राहकहरुले आकर्षक टिकट मंसिर १ गते देखि पुस १६ २०७३सम्म खरीेद गरीसक्नुपर्ने छ । मंसीर १ गते देखि चैत १८ २०७३ सम्ममा कोलोम्बो यात्रा गरी सक्नुपर्ने छ । अफर लागू भएसम्म यात्रुहरुले,प्रतियात्री ३० किलोको सामान बोक्न पाउने सुविधा पाउने छ ।

एअरलाइन्स्का भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले छुट्टीहरुको मौसमका लागि आफ्ना सम्पूर्ण ग्राहकहरुमा यस प्रकारको अफर गर्न पाउँदा खुशि लागेको बताए ।
साथै उक्त अफरले यात्रुहरुलाई कोलोम्बोको अतुलनिय विविधता र विशिष्ट साँस्कृतिक सम्पदाको अवलोकन गर्दै नयाँ गन्तब्यमा रमाउने अवसर मिल्नेमा विश्वस्त भएको बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL