Logo

कतार एयरलाई कोन नाष्ट ट्राभलर अवार्ड, ‘बेस्ट फर विजनेश’ उपाधीद्वारा सम्मानित

कतार एयरलाई कोन नाष्ट ट्राभलर अवार्ड, ‘बेस्ट फर विजनेश’ उपाधीद्वारा सम्मानित


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । कतार एयरवेजले कान नाष्ट ट्राभलर अवार्ड प्राप्त गरेको छ । बेलायममा आयोजित कोन नाष्ट ट्राभलर ‘रिडर ट्राभल अवार्ड’मा कतार एयरवेजलाई विश्वकै अग्रणी एयरलाइन्सको रुपमा सम्मानित गरिएको छ । रिडर्सले एयरलाइनलाई उद्योगकै उत्कृष्ट अनबोर्ड एक्स्पेरियन्स र प्रिमियम लाउन्जका लागि ‘बेस्ट फर विजनेश’ अवार्डबाट सम्मानित गरेको हो ।

विश्वभरका १ सय ५० भन्दा बढी गनतब्यमा कतार एयरवेजले लिजर तथा बिजनेश प्यासेन्जरलाई मिडल ईस्टमा न्यूनतम ट्रान्सफर समयका साथै अनबोर्ड वाईफाई, बिजनेश क्लासमा फ्लेक्जिवल डाइन अन डिमान्ड सेवा लगायत आरामदायी अनबोर्ड सेवा प्रदान गर्दै आएको छ । साथै, विश्वकै ठूलो ग्लोबल एयरलाइन्स अलायन्स, वान वल्र्डसँगको समन्वयमार्फत यात्रुलाई ट्राभल एड्भान्टेज समेत प्राप्त गर्दै आएको छ ।

रिडर्स अफ कन नाष्ट ट्राभलर मार्फत ‘बेस्ट फर विजनेश’ सम्मान प्राप्त गर्दै यसले थप जिम्मेवारी बोध भएको कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अकबर अल बाकरले बताए । ‘यो प्ररिस्थित अवार्ड हाम्रो सेवा प्रति यात्रीको सन्तुष्टिको प्रतिबिम्ब हो’ बाकरले भने, ‘यसलाई निरन्तर्ता दिन तथा यात्रीलाई यात्राको क्रममा उत्कृष्ट अनुभव प्रदान गर्न हामी सँधै तत्पर रहनेछौँ ।’

कतार एयरवेजले हमाद अन्तरराष्ट्रिय विमानस्थल, दोहामा रहेका आफ्ना अत्याधुनिक फ्लिट र ब्यापक विजनेश र लिजर गनतब्यमार्फत ट्राभल उद्योगमा नयाँ मानक स्थापित गर्ने कार्यलाई निरन्तर्ता दिइरहेको समेत उनले जानकारी दिए । एयरलाइन हब तथा होमका रुपमा परिचित दोहा, कतारमा अवस्थित हमाद अन्तरराष्ट्रिय विमानस्थलमा हालसालै समग्र विजनेश क्लास यात्रीहरुको उत्कृष्ट अनुभवलाई ध्यानमा राखि कतार एयरवेजले विश्वकै ठूलो विजनेश क्लास लाउन्ज, अल मोउरजान सञ्चालनमा ल्याएको छ ।

३ हजार मनोरञ्जन विकल्पका साथ ओरिक्स वान इनफ्लाइट ईन्टरटेनमेण्ट प्रणाली, जर्जियो अर्मानी एम्निटी किट्स, नयाँ अनबोर्ड मेनुज् र कतारको दोहा स्थित संसारकै सर्वाधिक नयाँ एयरपोर्ट गेटवेज् मध्यको एक हमाद अन्तरराष्ट्रिय विमानस्थलबाट झञ्झट रहित ट्रान्सफर सुविधाको ब्यवस्था समेत रहेको छ ।

अघिल्लो बर्ष कतार एयरवेजले आफ्नो सञ्जालमा ब्यापक बृद्धि गर्ने घोषणा गरेको थियो । यही घोषणा अन्तर्गत सन् २०१६देखि कतार एयरवेजले एडिलेड, एट्लान्टा, बर्मिङ्घम, बोस्टन, लस एन्जिलिस, माराकेच, पिसा, रास–अल खाइमा, सिड्नी र यरेभानमा सञ्जाल विस्तार गरिसकेको छ । साथै, निकट भविष्यमा नै विन्डहोक, हेलसिन्कि, क्राबी र सेसेल्समा आफ्नो सेवा सुचारु गर्ने योजना रहेको जानकारी दिएको छ ।

सन् २०१७मा अकल्याण्डमा संसारकै लामो कमर्शियल फ्लाइट सुचारु गर्ने, लुसाका, स्कोप्जे र निसमा समेत आफ्नो सेवा विस्तार गर्ने कम्पनीको योजना छ । सञ्चालनको १९औँ बर्षमा रहेको कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले १ सय ९० ओटा अत्याधुनिक विमान ६ महादेशमा रहेका १ सय ५० प्रमुख लेजर तथा बिजनेश गनतब्यमा उडान भर्ने गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL