Logo

चन्द्रागिरीमा बन्दैछ पाँच तारे बुटिक होटल, गोरखा दरबारको झझल्को

चन्द्रागिरीमा बन्दैछ पाँच तारे बुटिक होटल, गोरखा दरबारको झझल्को


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । चन्द्रागिरी डाडाँमा केवलकार संचालनमा आएसँगै पाँचचारे होटल निर्माण पनि तिब्र गतिमा अघि बढेको छ । एक बर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी चन्द्रागिरी हिल्स लिमिटेडले होटलको निर्माण गरिरहेको छ ।
बुटिक होटलको अवधारणा अनुसार निर्माणको काम भइरहेको चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिजखबरलाई बताए । ‘यो नेपालकै नमुना होटल बन्नेछ’ उनले भने ।

विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गरिएको होटलमा एक सय बेडरुम हुेनछन् । होटलको बाहिरी बनावटदेखि भित्री भागसमेत ऐतिहासिक झझल्को दिने गरि तयार गर्ने योजना बनाइएको छ । काष्ठकलाको प्रयोगहुने होटलमा बाहिर मन्दिरमा जस्तै टुडाल र भित्रीभागमा तत्कालिन समयका चित्र कुदिएका हुनेछन् । जुन होटलको मुख्य आकर्षण बन्ने निर्माण कम्पनीको भनाइ छ ।

होटललाई सकभर छिटो संचालनमा ल्याउने गरी निर्माणकार्य अघि बढाइएको चन्द्रगिरी हिल्स लिमिटेडका सेल्स एण्ड मार्केटिङ म्यानेजर बिख्यातविक्रम राणा बताउछन् । ‘ऐतिहासिक महत्व बोकेको चन्द्रगिरी डाँडामा होटल पनि ऐतिहासिक नै बन्नेछ,’ उनले भने, ‘जसले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षित गर्ने छ ।’

chandragiri_resort_hotel

गोरखा दरबारको डिजाइनमा होटल

चन्द्रगिरी हिल्सले होटललाई गोरखा दरवारको डिजाइनमा बनाउने बताएको छ । सो स्थान र राजा पृथ्वीनारायण शाहबीच ऐतिहासिक महत्व जोडिएका कारण होटल पनि गोरखा दरबारकै डिजाइन बनाउन लागिएको राणा बताउँछन् । ‘तत्कालिक समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले सोही स्थानबाट काठमाडौं माथी आँखालगाइ विजय प्राप्त गरेका कारण सो स्थानमा उनकै दरवरजस्तो होटल निर्माण गर्न लागिएको हो । साथै, सो होटल बुटिक खालको हुनुका साथै ऐतिहासिक महत्व समेत बोक्ने राणाको दावी छ ।

१ अर्ब २५ करोड लागत

होटल निर्माणको खर्च १ अर्ब २५ करोड रुपैयाँ अनुमान गरिएको छ । चन्द्रगिरी हिल्सले यसै स्थान आसपासमा ३ अर्ब ५० करोडको लागतमा मेगा प्रोजक्ट बनाइरहेकोमा होटल निर्माणका लागि मात्र सो रकम खर्च हुने भएको छ । चन्द्रागिरी हिल्सले सो स्थानमा केवलकार, भ्यू टावर, रेष्टुराँ, फनपार्क, सेमिनार हलनिर्माण सम्पन्न गरिसकेको छ ।

होटलसम्म गल्फकार्ड र केवलकार

होटलमा गल्फकार्ड र केवलकारबाट पुग्न सकिने छ । होटलमा थानकोटबाट केवलकार वा गल्फकार्ड (बग्गी जस्तो विद्युतिय गाडी)बाट पुग्न सकिने छ । अहिले त्यहाँ पुग्न केवलकारको प्रयोग भइरहेकोमा होटल संचालनमा आएसँगै गल्फकार्ड समेत संचालनमा ल्याइने राणाले जानकारी दिए । सो स्थानमा माथीबाट केवलकार र स्थलमार्ग हुँदै गल्फकार्डबाट पुग्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL