Logo

वार्षिक १ अर्ब आम्दानी लक्ष्य सहित दुबई उडान भर्दै निगम, भदौ २ वाट शुरु

वार्षिक १ अर्ब आम्दानी लक्ष्य सहित दुबई उडान भर्दै निगम, भदौ २ वाट शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । वार्षिक १ अर्बको आम्दानी लक्ष्य सहित नेपाल एयरलाइन्सले संयुक्त अरव इमिरेट्स (युएई) को उडान भर्ने भएको छ । आगामी भदौं २ गतेबाट उडान शुरु गर्ने तयारी गरेको नेपाल एयरलाइन्सले १ वर्षमो सो रकम आम्दानी गर्ने लक्ष्य लिएको हो ।

निगमले काठमाडौं–दुबई सिधा उडान गर्ने भएको छ । जसको एकतर्फी भाडा १६ हजार रुपैयाँ निर्धारण गरिएको छ । निगमले सो रुटमा वार्षिक ४० हजार यात्रु बोक्ने लक्ष्य लिएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए । ‘काठमाडौं–दुबईको नियमित उडानका लागि सबै तयारी पूरा भइसकेको छ,’ निगमद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘प्रतिस्पर्धी बजारमा निगम सशक्त रुपमा प्रस्तुत हुने छ ।’

दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेकाले उनीहरुलाई लक्षित गरी उडान शुरु गर्न लागिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । ‘दुबई युरोप तथा अमेरिका जाने मुख्यद्वारको रुपमा स्थापित छ,’ उनले भने, ‘सोही अनुरुप निगमले सो रुटलाई प्राथमिकतामा राखेको हो ।’

निगमले काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ । हाल नेपाल एयरलाइन्सले हाल बैंकक, हङ्कङ, क्वालालम्पुर, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL