Logo

नेपाल एयरलाइन्सले भदौ २ गतेदेखि दुवई उडान भर्दै, एकतर्फी भाडा २५ हजार

नेपाल एयरलाइन्सले भदौ २ गतेदेखि दुवई उडान भर्दै, एकतर्फी भाडा २५ हजार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (एनएसी)ले भदौ देखि संयुक्त अरव इमिरेट्स (दुवई) उडान शुरु गर्ने भएको छ । भदौ २ गते देखि दुवई उडान भर्न लागिएको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए ।

उनका अनुसार दुवईमा रहेका नेपाली तथा त्यहाँबाट नेपाल आउन चाहने पर्यटकलाई लक्षित गर्दै उडान भर्न लागेको उनले बताए । यसैगरी वैदेशिक रोजगारीमा जाने कामदारलाई समेत लक्षित गरी उडान शुरु गर्न लागिएको उनको भनाइ छ । ‘पछिल्लो समय दुवईको रोजगारीमा जाने नेपालीहरु बढी छन्,’ उनले भने, ‘सो गन्तव्यमा जाने तथा त्यहाँबाट आउने यात्रुको मागलाई पुरा गर्न दुवई उडान सञ्चालन गर्न लागेका हौं ।’

शर्माका अनुसार एनएसीको विमान त्रिभुवन विमानस्थलबाट राती ११ः३० मा उड्ने छ । त्यस्तै सो विमान २ः५५ मा दुवई विमानस्थल पुग्ने छ । त्यसैगरी दुवईबाट नेपालका लागि ४ः१० मा छुट्नेछ । सो विमान नेपाल विहान १०ः१० मा आइपुग्ने बताइएको छ । एनएसीले आइतवार, मंगलवार र बिहीवार गरी हप्तामा ३ दिन उडान भर्ने जानकारी दिएको छ ।

त्यस्तै दुवईको लागि एकतर्फी भाडा २५ हजार रुपैयाँ र दुईतर्फी भाडा ४२ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL