Logo

अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति शुन्य, छनौटमै त्रुटि

अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति शुन्य, छनौटमै त्रुटि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले घोषणा गरेका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति शुन्य रहेको छ । केही आयोजनाको काम शुरु गरेपनि कति पय आयोजनामा घोषणामा मात्रै सिमित रहेका छन् ।

सरकारले हालसम्म २१ वटा आयोजनालाई राष्ट्रिय गौरवको भनी घोषणा गरेको छ । तीमध्ये केहीको काम बढेपनि कतिपयको विस्तृत आयोजना प्रतिवेदन समेत तयार गरिएको छैन । काम अघि बढाइएको आयोजना पनि सन्तोषजनक रुपमा अघि बढेका छैनन् । जसमध्ये ८ वटा आयोजनाको कुनै पनि काम अघि बढेको छैन भने शुरु भएका आयोजनाको पनि १०/२० प्रतिशत काम मात्र पुरा भएको छ ।

निर्माण कार्य शुरु भएका कतिपय आयोजना विभिन्न बन्द हड्ताल लगायतका कारण काम अघि बढ्न सकेको छैन भने कतिपय आयोजना छनौटमै त्रृटि भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. गोविन्द नेपाल बताउँछन् । ‘कतिपय आयोजनाहरु हचुँवाको भरमा छनौट गरिएका छन्,’ उनले भने, ‘आगामी दिनमा राष्ट्रिय गौरवका आयोजनाको छुट्टै परिभाषा गर्नुपर्ने जरुरी छ ।’ साथै कतिपय आयोजना छनौट गरिएपनि पर्याप्त बजेट विनियोजन नुहँदा काम अघि बढ्न नसकेको समेत उनले जानकारी दिए ।

सरकारले आजभन्दा ३० वर्ष अघि घोषणा गरेको आयोजनाको समेत कुनै काम अघि बढेको छैन । २०४२ सालमा घोषणा गरिएको लुम्बिनी क्षेत्र विकास कोषको हालसम्म कुनै काम अघि नबढेको महालेखा परीक्षाको प्रतिवदेनमा उल्लेख छ । सरकारले राष्ट्रिय गौरवको घोषणा गरेकोमध्ये माथिल्लो तामाकोशीको निर्माणकार्य ७७ प्रतिशत पुरा भएको छ । आगामी आवबाट संचालनमा ल्याउने गरी निर्माणकार्य अघि बढाएपनि भुकम्प तथा नकाबन्दीका कारण अझै पछि धकेलिएको छ ।

सरकारले घोषणा गरेकामध्ये, जलविद्युत आयोजना, ठूला राजमार्ग, अन्तरराष्ट्रिय विमानस्थल, रेल्वे विकासलगायका आयोजनाको काम अघि बढ्न सकेको छैन । सरकारले अध्ययन नै नगरी हचुँवाको भरमा घोषणा गर्द काम अघि बढ्न नसकेको महालेखा परीक्षाले जानकारी दिएको छ । ‘अन्य आयोजनाभन्दा उच्च प्राथमिकता दिएर अघि बढाएपनि निश्चित आधार र मापदण्ड विना घोषणा गरिएका कारण काम हुन सकेको छैन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘त्यस्ता आयोजना कार्यान्वयनको लागि छुट्टै कानुनी व्यवस्था समेत गरिएको छैन ।’

आयोजना कार्यान्वय क्षमताको अभाव, स्थानीय स्तरमा विवाद तथा अन्तरनिकाय समन्वय अभावका कारण राष्ट्रिय गौरवका आयोजनाको काम अघि बढ्न नसकेका हुन् । जसले गर्दा कुनै पनि आयोजनको तोकिएको समयमै काम पुरा प्रतिफल लिन नसक्ने समेत महालेखाले जानकारी दिएको छ ।  सरकारले राष्ट्रिय गौरवका घोषणा गरेका आयोजनाका लातग १ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

 

national priority projectnational priority project

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL