Logo

५ वर्षमा पाँच होटल खोल्दै सिजि होल्डिङ्स, ५ अर्ब लगानी १५ सयलाई रोजगारी

५ वर्षमा पाँच होटल खोल्दै सिजि होल्डिङ्स, ५ अर्ब लगानी १५ सयलाई रोजगारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजि होल्डिङ्सले आगामी ५ वर्ष भित्र ५ वटा ठूला होटल संचालनमा ल्याउने भएको छ । चौधरी ग्रूप अन्तरगतको उक्त कम्पनीले देशका विभिन्न स्थानमा ठूला होटल संचालनमा ल्याउन लागेको हो ।

भर्खरै मात्र चितवनको नेशनलन पार्कभित्र रहेको टाइगरल्याण्ड सफारी रिसोर्ट एण्ड लज आफ्नो स्वामित्वमा ल्याएर संचालन गरेको जानकारी दिँदै आगामी दिनमा थप ४ वटा होटल संचालन गरिने सिजि होल्डिङ्सका अध्यक्ष एवं प्रवन्ध निर्देशक अरुण चौधरीले जानकारी दिए ।

जस अनुसार ठमेलमा होलिडे इन, त्रिपुरेश्वरमा विजनेश होटल, बुढानिलकण्ढमा वेलनेश रिट्रिट र पोखरामा सुविधासम्पन्न होटल संचालन गरिने भएको छ । जसको लागि जग्गा वाहेक ५ अर्ब रुपैयाँ लाग्ने चौधरीले जानकारी दिए ।

हाल संचालमा ल्याएको टाइगरल्याण्डमा ३५ वटा कर्टेज रहेको छ भने ठमेलमा खोलिने ५ होटलमा २ सयवटा रुम हुनेछन् । यसैगरी, त्रिपरेश्वरको विजनेश होटलमा १ सय २५ रुम, बुढानिलकण्ठको वेलनेश रिट्रिटमा ३० वटा कटेज र पोखरामा खोलिने होटलमा ८० वटा रुम रहेन छ ।

ती होटल संचालनमा आएसँगै न्युनतम १ हजार ५ सय जनाले रोजगारी पाउने भएका छन् । देशको अर्थतन्त्रमा योगदान पुर्याउन तथा युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गर्न होटलले ठूलो मद्दत गर्ने छ ।

आगामी दिनमा नेपालमा पर्यटनको प्रचुर संभावना भएकाले होटल क्षेत्रमा लगानी गर्न लागिएको उनले जानकारी दिए । ‘अवको भविश्य भनेको पर्यटन नै हो,’ उनले भने, ‘यस क्षेत्रमा लगानी गर्न सकियो भने देशले काँचुली फेर्ने छ ।’ नेपालमा पर्यटन भित्र्याउनका लागि प्रचुर सम्भावना भएको र पूर्वाधार अभावकै कारण आउने नसकेको समेत उनले जानकारी दिए । साथै, पर्यटन व्यवसायमा राजनीतिकरण नभएकाले पनि यसको भविश्य उज्वल रहेको उनको कथन थियो ।

नेपालमा जलविद्युतलाई तुलनात्मक लाभको क्षेत्र भनिएको राजनीतिका कारण ध्वस्त भएको चौधरीको भनाइ छ । त्यसैगरी कृषिमा पनि परनिर्भरता बढ्दै गएकाले त्यसको पनि भविश्य नरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL