Logo

हिमालय एयरको कुनमिङमा चार्टर्ड उडान हुने, अलपत्र नेपालीको उद्धार लक्ष्य

हिमालय एयरको कुनमिङमा चार्टर्ड उडान हुने, अलपत्र नेपालीको उद्धार लक्ष्य




काठमाडौं । हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने शिलशिलामा कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान हुने सो कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

काठमाडौं–कुनमिङ गन्तव्य उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेको कम्पनीले जनाएको छ । यो गन्तव्यबाट नेपालीलाई स्वदेश फर्काउन हिमालयले उडान गर्न लागेको हो ।

अन्य गन्तव्यको उडानबारे पुनः सार्वजनिक सूचना जारी गरिने जनाइएको छ । सरकारले भदौँ १ देखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरिसकेको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि पछिल्लो पटक जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL