Logo

नेपाल बायुसेवा निगममार्फत १० हजार ९ सय जना स्वदेश फिर्ता

नेपाल बायुसेवा निगममार्फत १० हजार ९ सय जना स्वदेश फिर्ता



काठमाडौं । नेपाल बायुसेवा निगमले कोरोना महामारीको अवधिमा विदेशमा रहेका १० हजार ९ सय १२ जनाको उद्धार गरेको छ । कम्पनीले विभिन्न स्थानमा चार्टर्ड उडानमार्फत उक्त संख्यामा उद्धार गरेको हो ।

कोभिड–१९ ले निम्त्याएको विश्वव्यापी संकटसित जुध्न राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम जोखिम मोलेर अहोरात्र जुटिरहेको छ । यस्तो अवस्थामा चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको निगमले विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारसमेत गरेको छ ।

यसै सिलसिलामा निगमले जुन १४ देखि जुलाई १२ सम्म दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका गन्तव्यहरुबाट ५८ वटा उद्धार उडान मार्फत जम्मा १०,९१२ यात्रुको उद्धार गरी स्वदेश फिर्ता गरेको हो । आगामी दिनमा पनि निगमले आफ्नो सामाजिक जिम्मेवारी पुरा गर्दै थप चुस्तताका साथ नियमित व्यावसायिक उडान समेत जारी राख्ने प्रतिवद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL