Logo

चन्द्रागिरि हिल्सको सेयर निष्काशन प्रक्रिया अघि बढ्यो, नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सम्झौता

चन्द्रागिरि हिल्सको सेयर निष्काशन प्रक्रिया अघि बढ्यो, नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सम्झौता



काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच सेयर निष्काशन सम्झौता भएको छ। स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर निष्काशन तथा प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार सम्झौता भएको हो।

laxmi

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ।

उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
MBL