Logo

तीन महिनामा पर्यटन क्षेत्रमा ३४ अर्ब नोक्सानी, तत्काल ४० हजारलाई रोजगारी दिने मन्त्रालयको तयारी

तीन महिनामा पर्यटन क्षेत्रमा ३४ अर्ब नोक्सानी, तत्काल ४० हजारलाई रोजगारी दिने मन्त्रालयको तयारी



काठमाडौं । लकडाउनको पछिल्लो ३ महिनामा ३४ अर्ब बढीको नोक्सानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा मन्त्री योगेशकुमार भट्टराईले लकडाउन अवधिबर देशको पर्यटन तथा उड्डयन क्षेत्रमा उक्त नोक्सानी भएको जानकारी दिएका हुन । यस्तै उनले आउँदो साउन महिनासम्म पर्यटन र उड्डयन क्षेत्रले ४१ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोर्ने प्रक्षेपण गरेको उनको भनाई छ ।

यस्तै मन्त्रालयले १ महिनामा ४० हजार रोजगारी सिर्जना गर्ने बताएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमा उक्त कुुराको जनाकारी दिइएको छ । शुक्रबारको पत्रकार सम्मलेनमा मन्त्रालयले तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र पहिचान गरी उक्त संख्यामा रोजगारी सिर्जना गर्ने बताईएको हो ।

जसका लागि मन्त्रालयले कार्ययोजना बनाई कार्यान्वयन गर्ने चरणमा रहेको उल्लेख गरिएको छ । यस्तै मन्त्रालयले बजेट कार्यक्रम र र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न २० करोड रुपैयाँको व्यवस्था समेत गरेको बताएको छ । पछिल्लो समय फैलिएको कोरोना महामारी र यसले निम्त्याएको लकडाउनका कारण हाल सबैभन्दा बढी पर्यटन क्षेत्र धराशायी बनेको छ । जसको उत्थान गर्न सरकारले यस्तो कदम चालेको बताईएको छ ।

मन्त्रालयले लकडाउनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय ६१ वटा अन्तर्राष्ट्रिय उडानहरु भएको जानकारी दिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री योगेश भट्टराईले उक्त उडानमार्फत १६ हजार ६ सय ७२ जना नेपालीलाई विभिन्न देशमा उद्धार गरी स्वदेश ल्याएको बताएका हुन् ।

उक्त अवधिमा १२ हजार ४०८ विदेशी नागरिकहरु र विदेश जानुपर्ने नेपाली नागरिक विदेश गएका छन् । त्यस अवधिमा भएका कुल २ सय ६१ उडानमध्ये नेपाल वायुसेवाको ९८, हिमालयन एयरलाइन्सको ६२, बुद्धको ४, श्री एयरको ६ र विदेशी वायुसेवाको १७० उडान भएका छन् ।
यस्तै लकडाउनका कारण देशभर फसेका पर्यटकमध्ये उद्धारतर्फ हवाई मार्गबाट ९५० जना र सडक मार्गबाट ८७९ जनाको उद्धार गरेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL