Logo

कुन देशबाट कहिले हुँदैछ बिदेशमा समस्यामा परेका नेपालीको उद्धार, यस्तो छ सरकारको तयारी (तालिकासहित)

कुन देशबाट कहिले हुँदैछ बिदेशमा समस्यामा परेका नेपालीको उद्धार, यस्तो छ सरकारको तयारी (तालिकासहित)



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन हवाई भाडादर कायम गरेसँगै उनीहरुलाई ल्याउने समय तालिका समेत सार्वजनिक गरेको छ ।

विदेशका नेपालीहरुलाई ल्याउन नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र विदेशी जहाजहरुले उद्धार गर्नेछन । सोही अनुसार आजै कुवेतबाट ३ सय जना नेपाली स्वदेश फर्कदै छन । कुवेतको जजिर एयरलाईन्सको एउटा जहाज अहिले ११ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको छ भने अर्को जहाज दिउँसो २ बजे अवतरण गर्ने छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको उडान तालिका अनुसार तत्कालका लागि नेपाल एयरलाइन्सको २४ र हिमालय एयरलाइन्सको १९ उडान हुनेछन । साथै २४ वटासम्म विदेशी उडान पनि हुने तालिकामा उल्लेख छ ।

मन्त्रालयका अनुसार निगमको जहाजले जुन १५ तारिखमा माले र क्वालालम्पुरबाट जुन १६ मा दुबई र कतार, जुन १७ मा अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपालीहरुलाई ल्याउने छ । जुन १८ मा साउदी र दुबई, जुन १९ मा जापान र कुवेत, जुन २० मा साइप्रस, क्वालालम्पुर र कतार, २२ जुनमा अष्ट्रेलिया र बैंकक, २३ जुनमा जापानको नारिता र माले, २४ जुनमा साउदी र कुवेत र २५ जुनमा जापानका नेपालीलाई उद्धार गर्ने तालिका रहेको छ ।

त्यस्तै हिमालय एयरलाईन्सले जुन १५ मा साउदी अरब र सिंगापुर, जुन १६ मा कुवेत, श्रीलंका र माले, जुन १७ मा बंगलादेश र कतार, जुन १८ मा क्वाललम्पुर र मस्कट, १९ मा साउदी र नाइजेरीया, जुन २० मा युएई र बंगलादेश, २१ जुनमा कुवेत र क्वालालम्पुर, २२ जुनमा पाकिस्तान र कतार, जुन २३ मा युएई र युगान्डा, २५ जुनमा साइप्रस र इजरायलबाट नेपालीहरुलाई ल्याउने छन ।

त्यस्तै विदेशी कम्पनीका जहाजहरुले भने १४ जुनमा बंगलादेशको ढाकाबाट २, जुन १७ मै अमेरिकाबाट १, जुन २० मा ईयूको एउटा उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याउने तालिका रहेको मन्त्रालयले जानकारी दिएको छ । यी उडान तालिका यात्रुहरुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । यात्रुहरुले अनिवार्यरुपमा पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL