Logo

विदेशबाट उद्वार गरिने नेपालीका लागि हवाई भाडादर निर्धारण, कुन देशबाट आउँदा कति ? (सूचीसहित)

विदेशबाट उद्वार गरिने नेपालीका लागि हवाई भाडादर निर्धारण, कुन देशबाट आउँदा कति ? (सूचीसहित)



काठमाडौं । सरकारले लकडाउन पछि विदेशमा रहेका नेपाली ल्याउन नयाँ भाडा दर कायम गरेको छ । बिभिन्न ट्राभल एजेन्सीहरुले बढी भाडा लिएको गुनासो बढ्दै गए पछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई नेतृत्वमा बसेको बैठकले उद्धार गरेर ल्याइने नेपालीको लागि न्यूनतम भाडदर निर्धारण गरेको हो ।

साथै नेपाल आउने कोरोनाका कारण बिभिन्न देशमा अलपत्र परेका नेपाली ल्याउन विदेशी हवाई कम्पनीसँगै नेपाली जहाजसमेत प्रयोगमा ल्याउने गरि निर्णण भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले तय गरेको भाडादर भने दमाम (साउदी अरब) ५९० डलर, रियाद ६३०, जेद्हा ७७०, जोर्डन ८१५, साइप्रस ८७५, नारिता ९३५, खार्तुन (सुडान) ९४० फ्रयाङकफर्ट १२५५, लन्डन १३४०, बंगलादेश १६५, नयाँ दिल्ली २०५, मुम्बइ ३१०, बैंगलोर ३३५, बैंकक ३९०, कम्बोडिया ४००, दुबइ ५००, आवुदाबी ५००, सारजाह ५००, माल्दिभ्स ५०५, ओमन ५१०, क्वाललम्पुर ५२०, दोहा ५४५, बहराइन ५४५, हङकङ ५५० र कुवेतका लागि ५७० डलर तोकिएको छ ।

मन्त्रालयले गरेको निर्णय अनुसार विदेशी एयरलाईन्ससँगै नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि विदेशबाट नेपालीहरु ल्याउन पाउने भएको छ । मन्त्रालयले ११ जुनदेखि जुन २५ सम्मको लागि उडान तालिकासमेत तयार गरि नेपालीहरुलाई ल्याउने तयारी गरेको मन्त्रालयका प्रवक्ता रुद्र सिं तामाङले जानकारी दिएका छन ।

१५ दिनको अवधिमा ६७ वटा उडान गर्ने गरि मन्त्रालयले तयारी थालेको छ । जसमध्ये निगमको जहाजले २४, हिमालय एयरलाइन्स १९ र विदेशी २४ वटा उडान हुनेछ । उनका अनुसार जुनसुकै जहाजले यात्रु ल्याउँदा ८५ प्रतिशत अकुपेन्सी हुनुपर्ने सर्त राखिएको छ ।

सोही अनुसार आजै कुवेतबाट जजिर एयरलाईन्सले ३ जना नेपालीहरु ल्याउने कार्यक्रम तय भएको छ । बुधबार एउटा जहाज ल्याउने भनिए पनि प्राविधिक समस्याका कारण दुबै जहाज बिहीबार मात्रै कुवेतबाट नेपालको लागि उडान गर्ने तय भएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL