Logo

३०३ जना यात्रु लिएर अष्ट्रेलिया जाँदै कतार एयर, ५ बजे उडान गर्ने

३०३ जना यात्रु लिएर अष्ट्रेलिया जाँदै कतार एयर, ५ बजे उडान गर्ने



काठमाडौं । अष्ट्रेलियाले शनिबार बेलुका आफ्नो नागरिक स्वदेश फिर्ता लैजाने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अष्ट्रेलियाले आज साँझ ५ बजे ३ सय ३ जना आफ्नो नागरिक लिएर जाने तयारी गरिरहेका छन ।

कतार एयरमार्फत अष्ट्रेलियन राजदुतावासले आफ्नो नागरिक लैजान लागेको प्राधिकरणले जानकारी दिएको छ । उक्त जहाज अहिले ४ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण हुने र ५ बजे ३०३ जना यात्रु लिएर कतार हुँदै अष्ट्रेलियाका लागि उडान गर्ने छन ।

कोभिड १९ (कोरोना भाईरस) कारण नेपालमा फसेर बसेकाहरुको उद्धारका लागि अष्ट्रेलियन राजदुतावासले कतार एयरको जहाज चार्टड गरि आफ्नो नागरिक लैजाने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL