Logo

सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐन मान्य नहुने पर्यटन व्यवसायीको घोषणा, सरकारको ध्यानाकर्षण

सरकारले ल्याउन लागेको नयाँ पर्यटन ऐन मान्य नहुने पर्यटन व्यवसायीको घोषणा, सरकारको ध्यानाकर्षण



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयले ल्याउन लागेको नयाँ पर्यटन ऐन एकलौटी रुपमा ल्याउन लागेको भन्दै ब्यवसायीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

बिभिन्न पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाहरुको संयुक्त बैठकले मन्त्रालयले ल्याउन लागेको नयाँ पर्यटन ऐन जस्तो सम्वेदनशील बिषयमा सरकारले पर्यटन क्षेत्रमा आवद्ध संघसस्थाहरुसँग छलफल नगरी एकलौटी ढंगबाट पर्यटन ऐन ल्याएमा संघसस्थाहरुलाई मान्य नहुने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदी, महासचिव सरिता लामा, होटल एसोसिएसन नेपाल (हान) का महासचिव सजन शाक्य, नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्यूत गुरागाई, वरिष्ठ उपाध्यक्ष विनय बस्नेत, महासचिव सुधिर उपाद्धाय, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबिर लामा, महासचिव कुल बहादुर गुरुङ, नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा) का अध्यक्ष गंगा प्रसाद नेपालको सहभागिता रहेको थियो ।

त्यस्तै बैठकमा एक्सपिडिशन अपरेटर्श एसोसिएशन नेपालका अध्यक्ष डम्बर पराजुली, कार्यसमिति सदस्य कृष्ण कुमार अर्याल, नेपाल पर्यटक यातायात ब्यवसायी संघका अध्यक्ष रामहरी शर्मा, साटो नेपालका महासचिव भुवन बहादुर पाण्डे सचिव दिनेश बस्नेत, होमस्टे एसोसिएशन अफ नेपालका महासचिव बाबुराजा महर्जन, पर्यटन बस एसोसिएशन नेपालका अध्यक्ष ईश्वर शर्मालगायतका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL