Logo

बजेटले पर्यटन ब्यवसायीमा ल्यायो खुसियाली, भन्छन हाम्रा माग सम्बोधन भएको छ

बजेटले पर्यटन ब्यवसायीमा ल्यायो खुसियाली, भन्छन हाम्रा माग सम्बोधन भएको छ



काठमाडौं । सरकारले बजेट सार्वजनिक गरेसँगै पर्यटन ब्यवसायीमा भने खुसीयाली छाएको छ । सरकारले आगामी आर्थिक बर्षको लागि पर्यटन पूर्वाधार विकासमा १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री युवराज खतिवडाले कोरोना जोखिमका कारण विश्वव्यापी आवागमन बन्द भएको र त्यसबाट परेको प्रभावलाई मध्यनजर गर्दै यसको उत्थानका लागि उक्त बजेट विनियोजन गरेको बताए ।

सरकारले सार्वजनिक गरेको उक्त बजेटबाट पर्यटन ब्यवसायीमा भने खुसीयाली छाएको छ । आगामी आर्थिक बर्षको बजेट सन्तोषजनक रहेको ब्यवसायीहरुले प्रतिकृया दिएका छन । यस अघि पर्यटन क्षेत्रको बिकासका लागि २ प्रतिशत ब्याजदरमा २० अर्ब रुपैयाँको माग गरेका ब्यवसायीहरु बजेटमार्फत ५० अर्ब रुपैयाँको कोष स्थापना गर्ने भए पछि खुसी भएका हुन ।

सरकारले आगामी आवको बजेट सार्वजनिक गर्दै घरेलु, साना तथा मझौला उद्योग, कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन ५० अर्ब रुपैयाँको कोष स्थापना गरेको छ । साथै सरकारले पर्यटन क्षेत्रको पुनरुत्थानकै लागि वायुसेवा कम्पनीले तिर्नुपर्ने पार्किङ शुल्क, उडान दस्तुर आदिमा छुटसमेत दिने भएको छ ।

ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले भने सरकारले ल्याएको बजेट सन्तोष जनक रहेको बताए । उनले भने, ‘आजको बजेट भाषणबाट निराशजनक हुनु पर्ने छैन तर कार्यान्वयनमा भने शंका छ, सहि ढंगबाट कार्यान्वयन भयो भने ठिकै हुन्छ ।’ सरकराले बजेटमार्फत पर्यटनपुर्वाधारको बिकास, पर्यटक मजदुरहकुको लागी बैकल्पिक रोजगार, तालिम र राहत, ५ प्रतिशत ब्याजमा कर्जाको सुबिधा र कर छुटलगायतका विषय समेटेको थियो ।

त्यस्तै नेपाल एसोसियन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) का अध्यक्ष अच्युत गुँरागाईँले भने पर्यटनको नामै लिन नमान्ने अर्थमन्त्री युवराज खतिवडाले पर्यटनको लागि यति बोल्नु र केही बजेट छुट्टयाउनुनै ठूलो कुरा भएको प्रतिकृया दिएका छन । ‘सरकारले आगामी आवको लागि जुन ५० अर्ब रुपैयाँको कोष निर्माण गरेको छ त्यो कुन क्षेत्रमा कति लगानी गर्ने वा बाँडफाँड गर्ने भन्ने कुरा नआएकाले ढुक्क हुने अवस्था छैन’, उनले भने, ‘हामीले २० अर्ब रुपैयाँ माग गरेको हो तर आयो ५० अर्ब ।’

तर सरकारले ल्याएको उक्त कोषबाट कोरोनाका कारण थलामा परेको होटल, वायुसेवा, पर्वतारोहण, ट्राभल ट्रेकिङलगायतका क्षेत्रमा कति पर्ने हो त्यो हेन बाँकी रहेको उनको भनाई छ । त्यस्तै सरकारले एक प्रदेश एक पर्यटकिय अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पर्यटकिय पूर्वधार विकाश गर्नसमेत बजेट विनियोजन गरेको छ ।

सरकारले कोरोना संक्रमण जोखिमको कारण विश्वब्यापीरुपमा आवागमण अवरुद्ध भई पर्यटन क्षेत्रमा परेको असरलाई मध्ये नजर गर्दै हवाई सेवा, होटल, ट्राभल ट्रेकिङ, रेष्टुँरा पर्वतारोहणलगायतका सेवा क्षेत्रका लागि पुनरुत्थान गर्न कर शुल्क ब्याजलगायतका सुविधाको ब्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL