Logo

अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड, कुन कुन बन्दैछ नयाँ विमानस्थल ?

अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड, कुन कुन बन्दैछ नयाँ विमानस्थल ?



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड रुपैयाँ छुट्याएको छ । सरकारले निर्माणाधिन गौतमबुद्ध, पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विस्तार र निजगढ अन्तरराष्ट्रिय विमानस्थलको बस्ती स्थान्तरण र परिपथ निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो ।

आगामी आव अन्तरप्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थल लाई प्रादेशिक विमानस्थलको रुपमा विस्तार गर्ने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिएका छन । त्यस्तै सरकारले चन्द्रगढी, धनगढी, जनकपुर लगायत विभीन्न ट्रंक रुट विमानस्थलको विस्तार गरी रात्रीकालिन उडान संचालनयोय बनाउन बजेटको व्यवस्था गरेको छ । विराटनगर र नेपालगञ्ज विमानस्थल को टर्मिनल भवन विस्तार गर्नुका साथै दाङको नारायणपुर र तेह्रथुमको चुहान डाँडामा आन्तरिक विमानस्थल निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छ ।

सरकारले आगामी आवमा हवाई सुरक्षा सुनिश्चितका लागि हवाई नीति तर्जुमा गर्ने जनाएको छ । निजी लगानी प्रवर्धनका लागि सरकारले गैरसैनिक हवाई उड्डयन ऐनमा सामुहिक संशोधन गर्ने बजेटमा उल्लेख छ । त्यस्तै सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामक र सेवा प्रदायकको छुट्टाछुट्टै संस्थागत व्यवस्था गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL