Logo

पर्यटन उद्योग पुनरुत्थान गर्न ५० अर्ब विनियोजन, होटल व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा कर्जा

पर्यटन उद्योग पुनरुत्थान गर्न ५० अर्ब विनियोजन, होटल व्यवसायलाई ५ प्रतिशत ब्याजदरमा कर्जा



काठमाडौं । सरकारले पर्यटन क्षेत्र पुनरुत्थानका लागि ५० अर्ब रुपैयाँको कोष स्थापना गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेटमार्फत कोरोना पछिको लकडाउनका कारण पर्यटन व्यवसायमा परेको समस्या समाधानका लागि ५० अर्ब रुपैयाँ विनियोजन गरेका हुन् ।

विषेगरी होटल व्यवसाय ठप्प हुँदा श्रमिकलाई पारश्रमिक दिन समस्या भएको र व्यवसाय संचालनका लागि नगद प्रबाहका लागि उक्त रकम उपलब्ध गराईएको खतिवडाले जानकारी दिए ।
साथै उक्त रकमलाई ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराईने भएको छ । उक्त रकम नेपाल राष्ट्र बैंकमार्फत परिचालन गरिने समृेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL