Logo

२५० यात्रु लिएर नारिता जाँदै निगमको जहाज, स्वास्थ्य सामग्री लिन हिमालय एयर चीन जाँदै

२५० यात्रु लिएर नारिता जाँदै निगमको जहाज, स्वास्थ्य सामग्री लिन हिमालय एयर चीन जाँदै



काठमाडौं । शुक्रबार नेपाल वायुसेवा निगमको जहाज जापानको नारिता र हिमालय एयरलाईन्सको जहाज चीनको चाङसा जाने भएको छ । निगमको वाईडबडी जहाजले २५० जना यात्रु लिएर जापानको नारिता जाने भएको छ भने हिमालय एयरलाईन्सको जहाज स्वास्थ्य सामग्री लिन चीन जाने भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार निगमको जहाज बेलुका ९ बजे र हिमालय एयरलाईन्सको जहाज बेलुका ५ बजे काठमाडौंबाट उड्ने तालिका रहेको छ । निगमको जहाजले कोभिड १९ कारण नेपालमा फसेर बसेका जापानी नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजाने छन ।

प्राधिकरणका अनुसार उक्त दुई जहाज शनिबार मात्रै काठमाडौं फर्कने तालिका रहेको छ । निगमको जहाज जाँदा यात्रु लिएर जाने छन भने फर्कदा खाली हुने र हिमालय एयरलाईन्सको जहाज जाँदा खाली जाने र फर्कदा स्वास्थ्य सामग्री लिएर फर्कनेछन । त्यस्तै निगमको जहाजले भने आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्ने भएको छ ।

निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन् । निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता (जापान) चार्टर्ड उडानको अनुमति लिएको हो । निगमले गत फागुन १९ गतेदेखि काठमाडौं नारिता सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL