Logo

असारसम्म अन्तरराष्ट्रिय उडान बन्द हुने, उडड्यन क्षेत्रको क्षतिको विबरण हेरी राहत ल्याउन सरकारलाई सुझाव

असारसम्म अन्तरराष्ट्रिय उडान बन्द हुने, उडड्यन क्षेत्रको क्षतिको विबरण हेरी राहत ल्याउन सरकारलाई सुझाव



काठमाडौं । नेपालको अन्तरराष्ट्रिय उडान आगामी असारसम्म सञ्चालन नहुने समितिले निष्कर्ष निकालेको छ ।

laxmi

कोरोना भाइरसको महामारीबाट नेपालको पर्यटन तथा नागरिक उडड्यन क्षेत्रमा परेको असर र त्यस क्षेत्रको पुनरूत्थानको सुझाव दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको समितिले उक्त निष्कर्षसहितको मन्त्रालयलाई प्रतिवेदन बुझाइएको हो । त्यस्तै समितिले पर्यटन र नागरिक उडड्यन क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरी सरकारले राहत प्याकेज ल्याउनु पर्नेसमेत प्रतिवेदनमा उल्लेख गरेको छ ।

पर्यटन र नागरिक उडड्यन क्षेत्रसँग सम्बन्धित अन्तरराष्ट्रिय संघसंस्थाले उड्डयन क्षेत्र कोरोना भाइरसको महामारीबाट निस्कन करिब दुई बर्ष लाग्ने आंकलन गरेकाले समितिले सोहीअनुसारको राहत प्याकेजको सिफारिस गरिएको छ । साथै समितिले पर्यटन र उडड्यन क्षेत्रको लगानी, आम्दानी, ऋणलगायत विषयलाई समेटेर विस्तृत अध्ययनसहित सरकारलाई प्रतिवेदन बुझाइएको छ ।

कोरोनाका कारण तत्काल ऋण तिर्न नसक्ने भन्दै समितिले पर्यटन र उडड्यन क्षेत्रमा व्यवसायीहरूको ऋणको ब्याजमा सहुलियत दिन, ऋण तिर्ने म्याद थप गरिदिन, हवाई इन्धनको मूल्य घटाउनलगायतका सुझावसमेत दिएको छ । त्यस्तै हवाई कम्पनीहरूले आयल निगम र हवाई उडानको अनुमति लिँदा पर्यटन मन्त्रालयमा नगद ग्यारेन्टी राख्नुपर्ने व्यवस्थालाई बैंक ग्यारेन्टीमा परिवर्तन गर्नसमेत समितिले सिफारिस गरेको छ ।

मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित समितिमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी सदस्य रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL