Logo

मेडिकल सामाग्री लिन दोस्रोपटक चीनको चाङ्सा जाँदै हिमालय एयरलाईन्स, शुक्रबार बुद्ध र थाईलाईनले उडान गर्ने

मेडिकल सामाग्री लिन दोस्रोपटक चीनको चाङ्सा जाँदै हिमालय एयरलाईन्स, शुक्रबार बुद्ध र थाईलाईनले उडान गर्ने



काठमाडौं । हिमालय एयरलाईन्सको कार्गाे विमान दोस्रोपटक चीन जाने भएको छ । कोभिड १९ कोरोना भाईरसको महामारी फैलिए पछि आवश्यक स्वास्थ्य सामग्री लिन आज साँझ चीनको चाङ्सा जाने भएको हो ।

नेपाल नारिक उड्यन प्राधिकरणका अनुसार बिहीबार बेलुका चीन जाने र शुक्रबार बिहान काठमाडौं अवतरण गर्ने तालिका रहेको छ । हिमालय एयरलाईन्सले नियमनकारी निकायको सम्पुर्ण स्विकृती लिएर फ्लाईट लजीस्टीकसँगको सहकार्यमा दोस्रोपटक चाङ्सा उड्न लागेको हो ।

कम्पनीको जहाज ए३२०(२१४ ९ एन एएल डब्लु जहाजमार्फत टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पन्जालगायत विभिन्न कोरोना भाईरस विरुद्धका मेडिकल उपकरण ल्याउनेछ ।

त्यस्तै शुक्रबार भने थाई एयरवेज र बुद्ध एयरले अन्तरराष्ट्रिय उडान भर्नेछन । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार शुक्रबार हुने उडानमा बुद्ध एयरले बिहान ७ बजे काठमाडौं ढाका काठमाडौं र थाईलायन एयरको जहाजले दिउँसो ३ बजे बैंकक काठमाडौं बैंकक उडान गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL