Logo

स्वास्थ्य सामग्री लिन चीन उड्यो हिमालय एयरलाईन्स, सोमबार काठमाडौं आईपुग्ने

स्वास्थ्य सामग्री लिन चीन उड्यो हिमालय एयरलाईन्स, सोमबार काठमाडौं आईपुग्ने



काठमाडौं । हिमालय एयरलाईन्स स्वास्थ्य सामग्री लिन चीनको ग्वाञ्झाओ उडेको छ । कम्पनीको जहाज ए ३२०–२१४ न्यारोबडी एयरक्राफ्ट ९एन एएल डब्लु काठमाडौं अन्तरराष्ट्रिय विमानस्थलबाट चीनको लागि उडान गरेको हो ।

उक्त कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामाग्री ल्याउनेछ । उक्त विमान अन्य देशबाट मेडिकल उपकरण ल्याउनका लागि स्विकृत पाए लिन जाने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार नेपाल चीन जोईन्ट भेन्चर हिमालय एयरलाईन्सले कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री ल्याउन कार्गाे विमान चाटर्ड उडान गरेको हो । कम्पनीले विश्वभर फैलिएको कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि मेडिकल सामाग्री आयातमा बढवा दिँदै आएको छ । एयरलाईन्सले विभिन्न मन्त्रालयसँगको स्विकृतमा उक्त चीन उडान गरेको हो ।

आज साँझ साढे ५ बजे उडान भरेको उक्त जहाज आजै राती २४ बजे चीनको ग्वाञ्झाओ पुग्ने तालिका रहेको छ भने मेडिकल सामग्री लिएर भोली विहान साढे ३ बजे नेपाल फर्किने समय तालिका रहेको छ । उक्त जहाज नेपाली समयअनुसार सोमबार बिहान सवा ७ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने छ । मेडिकल सामग्री आयातका लागि फ्लास फ्रेट लजिस्टिक प्रालीले उक्त जहाज चार्टड गरेको हो ।

‘महिना दिन लामो लकडाउनपश्चात प्यासेन्जर उडान बन्द भईसकेपछि पहिलो पटक मेडिकल सामाग्री ल्याउन पाईएको स्विकृत भएको छ जुन स्वागतयोग्य अवसर हो,’ एयरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने, ‘कोरोना भाईरस विरुद्ध लड्नका लागि दिनरात नभनी खटिने स्वास्थ्य कर्मचारीलाई धन्यबाद व्यक्त गर्दछौं ।’ उनले भने, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको स्विकृती पश्चात हाम्रा उडान सदस्यहरु स्वास्थ्य सम्बन्धी सम्पुर्ण सुरक्षाका साथ चीनतीर लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL