Logo

वायुसेवा निगमले गर्यो २४ पाईलटको ३३ देखि ५० प्रतिशतसम्म तलब कटौती, लकडाउन बढे तलब कटौती पनि बढ्ने

वायुसेवा निगमले गर्यो २४ पाईलटको ३३ देखि ५० प्रतिशतसम्म तलब कटौती, लकडाउन बढे तलब कटौती पनि बढ्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले २४ जना पाईलटहरुको तलब बटौती गरेका छ । निगमले दुई महिनायता पाइलटहरुको तलब कटौती गर्न थालेको हो। कोरोना भाईरसका कारण निगमको उडान ठप्प भएसँगै आर्थिक भार कम गर्न कन्ट्रयाक्टर पाईलटहरुको तलब कटौती गरेको निगमका कार्याकारी अध्यक्ष शुसील घिमिरेले जानकारी दिए ।

लकडाउन जारी रहेसम्म तलब कटौती जारी रहने पाि घिमिरेले जानकारी दिए । घिमिरेले भने, ‘हाल डुक एयरले कर्मचारी कटौती गरिरहेको अवस्थामा हामीले कर्मचारीहरु कटौती नगरेर भएपनि केही प्रतिशतमात्रै तलब कटौती गरेका छौं ।’ निगमले अहिले नेपाली पाईलटहरुको ३३ र विदेशी पाईलटहरुको ५० प्रतिशतसम्म तलब कटाउँदै आएको छ ।

निगमका अनुसार १० हजार भन्दा बढी तलब हुने पाईलटको ५० र १० हजार भन्दा कम तलब हुने पाईलटको ३३ प्रतिशत तलब कटौती गरेको निगमकी प्रवक्ता अर्चना खडकाले जानकारी दिइन । दुई महिनादेखि तलब कटौती गर्दै आएको निगमले थप एक महिनाको तलब कटाउने गरि निर्णय भएको र थप लकडाउन लम्बिदै गए पुन त्यसलाई निरन्तर जारी राख्ने निगमले जानकारी दिएको छ ।

तर, त्यसबाट के कति आर्थिक भार कम हुने भन्ने अहिले विस्तृत विवरण नआएको कार्यकारी अध्यक्ष घिमिरेको भनाई छ । उनका अनुसार १२ जना नेपाली कन्ट्रयाक्टर पाईलटको ३३ र १२ जना विदेशी कन्ट्रयाक्टर पाईलटको ५० प्रतिशत तलब कटौती गरेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL