Logo

माल्दिभ्सका १८ जना नागरिक बोकेर उड्यो निगमको जहाज, आजै स्वदेश फर्किदै

माल्दिभ्सका १८ जना नागरिक बोकेर उड्यो निगमको जहाज, आजै स्वदेश फर्किदै



काठमाडौं । माल्दिभ्स सरकारले नेपाल वायु सेवा निगमको जहाज चार्टर गरि आफ्नो देशको १८ जना नागरिक आज लगेको छ । निगमको जहाजले बंगलादेशको ढाकासम्म पुर्याउनेछन भने त्यहाँबाट अर्कै जहाजमा उनीहरुलाई गन्तब्यसम्म पुर्याउनेछन ।

नेपाल कोरोना भाईरसका कारण लकडाउनमा परे पछि माल्दिभ्सका नागरिक पनि नेपालमा नै फसेको थियो । निगमका अनुसार न्यारोबडी जहाज ए ३२० जहाजले आईतबार १८ जना माल्दिभ्सका नागरिक लिएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ढाकाका लागि उडान गरिसकेको छ ।

लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई माल्दिभ्सले निगमको जहाज चार्टर्ड गरी स्वदेश फिर्ता लगेको हो । काठमाडौँ–ढाका उडान करिब एक घण्टाको हुनेछ । ढाका पुगेर निगमको जहाज आजै स्वदेश फर्कने निगमले जानकारी दिएको छ ।

पछिल्लो पटक यही वैशाख २ गते निगमको न्यारोबडी जहाजले ३४ ब्राजिलियनलाई भारतको नयाँदिल्ली पुर्याइदिएको थियो । यसअघि निगमको वाइड बडी जहाजले गत चैत १९ गते अष्ट्रेलियाको शहर ब्रेश्वनमा सिधा उडान गरेको थियो । त्यस्तै चैत २८ गते जापानको नारितामा उडान गरेको थियो । ती सबै चार्टर्ड उडान हुन् ।

निगमका दुई वाइड बडी ए३३० जहाजले गत चैत १६, २० र वैशाख ४ गते दुई गरी चार वटा कार्गो उडान गरी चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएका थिए । लकडाउनको अवधिमा निगमका अन्तरराष्ट्रिय उडान सर्वाधिक भएका छन् । यस अवधिमा निगमले ८ अन्तरराष्ट्रिय उडान भरेको छ । यीमध्ये चार उद्धार उडान र चार कार्गो उडान हुन् । वाइड बडी बडी ए–३३० दुई र न्यारोबडी ए–३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL