Logo

नेपालबाट बेलायतका नागरिक लैजाँदै टाईटन एयर, ६ टन स्वास्थ्य सामग्री लिएर आउँदै एयर अरेबिया

नेपालबाट बेलायतका नागरिक लैजाँदै टाईटन एयर, ६ टन स्वास्थ्य सामग्री लिएर आउँदै एयर अरेबिया



काठमाडौं । लकडाउनमा पनि विभिन्न प्रयोजनका लागि दिनहुँजसो त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल काठमाडौंबाट अन्तराष्ट्रिय उडान भइरहेका छन् ।

आज शुक्रबारमात्र बिमानस्थलबाट २ ओटा अन्तरराष्ट्रिय उडान हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार टाईटन एयरको जहाज बी ७६७ काठमाडौं अवतरण गरिसकेको छ । उक्त जहाजले बेलायतका नागरिक लैजाने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार एयर अरेबियाले सारजाहाँबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । उक्त जहाज आज पौने ५ बजे काठमाडौं आईपुग्ने छ ।

एयर अरेबियाका एयरर्पोट म्यानेजर प्रज्वल कर्मचार्यका अनुसार डिएचएलको करिब ६ टन स्वास्थ्य सामग्री ल्याउने छन् । त्यस्तै श्री एयरलाईन्सको जहाज सिआरजे जहाज स्वास्थ्य सामग्री लिन सिंगापुर जाने तयारी गरेको श्री एयरका प्रवक्ता अनिल मानन्धधरले जानकारी दिएका छन । उनका अनुसार कोभिड १९ (कोरोना भाईरसं) सामग्री लिन सिंगापुर जाने तयारी गरेको हो । सो जहाजले निजी क्षेत्रको सहयोगमा सरकारलाई निशुल्क स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।

सिंगापुर जाने तयारी गरे पनि प्राधिकरणबाट अनुमति लिनु पर्ने भएकाले अनुमतिका लागि समय कुरेर बसेको मानन्धरले बताए । तर प्राधिकरणले भने अहिलेसम्म उडान अनुमतिका लागि निबेदन नआएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL