Logo

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे निगमका जहाज, के–के आयो स्वास्थ्य सामग्री ?

ग्वाङजाओबाट स्वास्थ्य सामग्री लिएर आइपुगे निगमका जहाज, के–के आयो स्वास्थ्य सामग्री ?



काठमाडौं । चीनको ग्वाङ्जाओबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको दुई वाइडबडी ए–३३० जहाज काठमाडौँ आइपुगेका छन् । व्यवसायीले चार्टर्ड गरेका निगमका दुवै जहाज स्वास्थ्य सामग्री लिन बिहीबार राति ग्वाङ्जाओ उडेका थिए ।

दुवै जहाज केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल प्रमुख देबेन्द्र केसीले जानकारी दिएका छन । तर, उक्त दुई जहाजमा के–कति परिणाममा सामग्री ल्याइयो भन्ने खुलेको छैन । अहिले सामग्री निकालिरहेको र आफुहरुको हातमा सामग्रीको लिस्ट प्राप्त नभएकाले कुन सामगी कति आयो भनेर भन्न नसकिने केसीले बताए ।

उनका अनुसार केहीबेरमा जहाजमा रहेका स्वास्थ्य सामग्री बाहिर निकालिनेछ । चीनबाट स्वास्थ्य सामग्री ल्याउन दुई व्यावसायिक समूहले निगमका जहाज चार्टर्ड गरेका थिए । निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL