Logo

६०५ जना लिएर उड्यो कतार एयरवेज, मालिन्दो र चेक एयरले १६८ जना लैजाने

६०५ जना लिएर उड्यो कतार एयरवेज, मालिन्दो र चेक एयरले १६८ जना लैजाने



काठमाडौं । कतार एयरवेजको दुईओटा जहाजमार्फत जर्मन र फ्रान्सेली नागरिक स्वदेश फिर्ता भएका छन । शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट कतार एयरको दुई ओटा चार्टर जहाजमार्फत जर्मन र फ्रान्सका नागरिक स्वदेश फिर्ता भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

laxmi

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतार एयरको एउटा जहाजमा ३ सय र अर्कोमा ३ सय ५ गरि ६ सय ५ जना विदेशी पर्यटक आफ्नै देशमा फर्केका हुन । उनीहरु नेपाल लकडाउनका कारण स्वदेश फिर्ता हुन नपाएपछि सम्बन्धित राजदुतावासले जहाज चार्टड गरेर स्वदेश लगेका हुन ।

चेगोस्लाभियाको चेक एयरले पनि आफ्नो नागरिक लिन आजै काठमाडौं आउने भएको छ । उक्त जहाजले ९५ जना आफनो नागरिक लैजाने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार उक्त जहाज साढे १० बजे काठमाडौं विमानस्थलमा अवतरण गर्नेछ । सो जहाज काठमाडौंबाट अर्मेनियामा अवतरण हुनेछ

त्यस्तै आजै हुने उडानमा मालिन्दो एयरले मलेसियन र सिंगापुरको गरि ७३ जना यात्रुलाई लैजाने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार आज हुने ४ ओटा उडानमा ७७३ जना पर्यटक स्वदेश फर्कनेछ ।

नेपाल वायुसेवा निगमको वाईडबडी जहाजले गर्ने भनेको कोलोम्बो उडान भने तय नभएको निगमका प्रवक्ता अर्चना खडकाले जानकारी दिएकी छिन । उनका अनुसार कोलोम्बो जानको लागि अनौपचारिक कुरा भएको तर आधिकारिक भने कुनै सम्झौता या पत्र नआएको उनले बताईन ।

प्रतिक्रिया दिनुहोस्
MBL