Logo

कोरोना नियन्त्रणमा नाट्टाको अग्रसरता, ट्राभल कम्पनीलाई विदेशबाट आउनेको तथ्यांक संकलन गर्न आग्रह

कोरोना नियन्त्रणमा नाट्टाको अग्रसरता, ट्राभल कम्पनीलाई विदेशबाट आउनेको तथ्यांक संकलन गर्न आग्रह



काठमाडौं । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विदेशबाट नेपाल आउनेको तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ । नाटाले विदेशबाट नेपालमा आई कोरोना संक्रमण देखिएका व्यक्तिसँगै जहाजमा आउने अन्य व्यक्तिको विवरण दिन सम्पूर्ण ट्राभल कम्पनीलाई आग्रह गरेको हो ।

नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले एक विज्ञप्ति जारी गरी मार्च १७ मा कतार एयरवेज र मार्च २० मा भिस्टारा एयरलाइन्सबाट नेपाल आएका ३ जना यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै उक्त एयरलाइन्सबाट आउने अन्य यात्रुको पूर्ण विवरण नाट्टामा उपलब्ध गराउन सबै ट्राभल कम्पनीलाई आग्रह गरेका हुन । उनले भने, ‘विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनका लागि अन्य यात्रुलाई पहिचान गरी सरकारलाई सहयोग गर्न लागेका हौं ।’

कोरोना भाइरसको महामारी बढ्दै गएको परिवेशमा सरकारले चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन गरेकाले लकडाउनको पूर्ण पालना गर्नसमेत नाट्टाले सबैलाई आग्रह गरेको छ । नाट्टाले विभिन्न मुलुकबाट भर्खरै नेपाल आएका जोकोहीलाई पनि ‘सेल्फ क्वारेन्टाइन’मा बसेर संक्रमण फैलन नदिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL