Logo

मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो

मुस्ताङमा अलपत्र परेका पर्यटकको बसबाट उद्धार, शनिबारमात्रै ५१ जना पर्यटक काठमाडौं ल्याईयो



काठमाडौं । कोभिड–१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘लक डाउन’ पश्चात् मुस्ताङमा अलपत्र परेका पर्यटकको उद्धार गरिएको छ ।

laxmi

मुस्ताङका विभिन्न गन्तव्यमा रोकिएका ५१ पर्यटकको आज जिल्ला प्रशासन कार्यालय, अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम, जिल्ला प्रहरी कार्यालय र पर्यटक प्रहरीको समन्वयमा उद्धार गरिएको हो । पर्यटकलाई काठमाडौं पुर्याउन दुई ओटा बसको व्यवस्था मिलाएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय जोमसोमका कार्यालय प्रमुख तुलसी दहालले जानकारी दिएका छन ।

ती पर्यटकलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले तथ्याङ्क सङ्कलका साथै स्वास्थ परीक्षण गरेर काठमाडौँ पठाइएको उदहालले बताए । उद्धार गरिएका पर्यटक अष्ट्रेलिया, क्यानडा, चीन, फिनल्यान्ड, जर्मनी, इटाली, नेदरल्यान्ड, पोल्यान्ड, युके, अमेरिका, फ्रान्स, स्वीडेन, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, भारत र बेल्जियमका रहेका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिएका हुन ।

मुस्ताङबाट पठाइएका पर्यटकलाई नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित दूतातासलाई जिम्मा लगाइने छ । यसअघि मुस्ताङबाट विभिन्न मुलुकका १ सय २१ जना विदेशी पर्यटकलाई काठमाडौं ल्याईसकेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL